त्रिविअन्तर्गतका मेडिकल कलेजको एमबिबिएस र बिडिएस सिट निर्धारण, कसले कति पाए ?

नेपाल मेडिकल काउन्सिलले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतका मेडिकल कलेजहरुको एमबिबिएस र बिडिएस कोटा निर्धारण गरेको छ । काउन्सिलको मंगलबारको बैठकले त्रिविमातहत सञ्चालित मेडिकल तथा डेन्टल कलेजहरुको आगामी शैक्षिक सत्रका लागि सिटसंख्या निर्धारण गरेको हो ।

काउन्सिलले काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेज, पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्यविज्ञान प्र्रतिष्ठानको सिटसंख्या भने यसअघि नै निर्धारण गरिसकेको छ । चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीले त्रिविअन्तर्गतका कलेजका कोटा अवैध असुलिएको शुल्क फिर्ता गरेपछि मात्र तोकिनुपर्ने माग राख्दै आएका थिए ।

कसलाई कति सिट ?
एमबिबिएसतर्फ
एमबिबिएसतर्फ आगामी शैक्षिक सत्रका लागि नेसनल मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेप्लिज आर्मी इन्स्टिच्युट अफ साइन्सेसले समान १०० सिटको अनुमति पाएका छन्, जुन अधिकतम हो । त्यसैगरी, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले ९५, किस्ट मेडिकल कलेजले ७०, गण्डकी मेडिकल कलेजले ९५ सिट पाएका छन् । आइओएमको महाराजगन्ज मेडिकल कलेजलाई ७९ सिटका लागि अनुमति दिइएको छ ।

बिडिएसतर्फ
बिडिएसतर्फ महाराजगन्ज मेडिकल कलेज र गण्डकी मेडिकल कलेजले २५–२५ सिट पाएका छन् । पिपुल्स डेन्टल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसलाई ५०–५० सिट दिइएको छ । त्यसैगरी, किस्ट मेडिकल कलेजले ४० र चितवन मेडिकल कलेजले ४५ सिटका लागि अध्यापन अनुमति पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय