फुड तथा डायरी सप्लिमेन्ट बिक्री–वितरण गर्न नपाइने, विक्री गरेको फेला परेमा औषधि पसल वा सिफारिस गर्ने डाक्टरमाथि नै कारबाही हुने विभागको चेतावनी

एकभन्दा बढी तत्व समावेश भएका भिटामिन वा टनिक किसिमका औषधि बिरामीलाई सिफारिस गर्न वा बिक्री– वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।  फुड सप्लिमेन्ट, डायटरी सप्लिमेन्ट को नाममा यस्ता प्रतिबन्धित औषधि गैर कानुनी ढंगबाट आयत गरी औषधि, पसलबाट बिक्री–वितरण गरिरहेको पाएपछि विभागले औषधिका प्रठारी,बिक्री–वितरण सचय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न निर्देशन दिएको हो । यस्ता औषधि बिक्री–बितरण गरेको फेला परेमा औषधि ऐन २०३५ बमोजिम कारबाही हुने एक सुचना जारी गरि विभागले जानकारी दिएको हो ।

बाह् प्रयोग र भेटनेरी प्रयोगका औषधिको हकमा भने लागू नहुने विभागले बताएको छ । विभागले गत भदौ २ गते पनि विभागमा दर्ता नभएका यस्ता समाग्री विक्रि वितरण नगर्न सूचना जारी गरेको थियो । धेरै तत्व समावेश भएका भिटामिन फुड सप्लिमेन्ट, डायटरी सप्लिमेन्ट बजारमा बिक्री हुन थालेको पाएपछि विभागले यस्ता प्रतिबन्धित औषधि बिक्रि– वितरण नगर्न निर्देशन दिएको विभागका निमित्त महानिर्देशक पान बहादुर क्षेत्री बताउँछन् ।

२०४९ फाल्गुन १८ गते राजपत्रमा नै सुचना जारी गरि यस्ता औषधिलाई फुड सप्लिमेन्ट नाममा बिक्री वितरण गर्न नपाइने भनेर उल्लेख गरिएको छ, महानिर्देशक क्षेत्री भन्छन्,‘ जुन सुचना अझै पनि जीवित नै रहेको छ । जबसम्म नेपाल सरकारले प्रतिबन्धित फुकुवा गर्दैन, तबसम्म यस्ता औषधिलाई विभिन्न वाहनामा बिक्री गर्न पाइदैँन ।’कतिपय औषधिजन्य उत्पादक वा चिकित्सकले पनि यो सुचनालाई व्यवस्ता गरेर फुड सप्लिमेन्ट, डायटरी सप्लिमेन्ट नाममा आम उपभोक्तलाई खुवाइरहेको पाइरहेका कारण विभागले अनुगन थालिरहेको छ, यस्ता प्रतिबन्धित औषधि बिक्री गरेको पाइएमा कानुन अनुसारको कारबाही हुने क्षेत्री बताउँछन् ।

जब कि चिकित्सकले प्रेस्काइर्भ गरेपछि आममानिसले त्यो औषधि भनेर बुझ्छ, खाद्य वस्तु वा डायटरी सप्लिमेन्ट हो भनेर बुझ्दैन, महानिर्देशक क्षेत्री भन्छन्,‘ जसलाई भिटामिनको कमि रहेको अवस्थामा उपचार अनुसारको डोज दिने हो, तर लो डोज ल्याएर फुड सप्लिमेन्ट नाममा आमउपभोक्ताको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।’नेपाल सरकारले प्रतिबन्धित लगाएको औषधिलाई यो वा त्यो नाममा आममानिसलाई खुवाउन नहुने महानिर्देशक क्षेत्रीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय