महिलाअधिकार हननका हानिकारक अभ्यासमा नेपाल विश्वमै पहिलो, के हो युएनएफपिएको ‘तीन शून्य’ लक्ष्य ?

हेल्थपोस्ट
प्रकाशित
२०७६ कार्तिक ४ गते १४:३८

नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेरका २८ प्रतिशत महिलाले शारीरिक वा यौनहिंसा तथा बालविवाहजस्ता हानिकारक व्यवहार भोगिरहेको तथ्यांकले देखाएको छ । महिला अधिकारको हननसित जोडिएका यस्ता गैरकानुनी अभ्यासमा नेपाल विश्वमै पहिलो स्थानमा छ । यो क्रम बिस्तारै घट्दै गए पनि नेपालको राष्ट्रिय औसत ४० प्रतिशत छ, जुन संसारभरिकै उच्च हो ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) की कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी उपमहासचिव डा. नतालिया कनेमले काठमाडौंमा एक पत्रकारसम्मेलनमा लैंगिक समानतामा महत्त्वपूर्ण सुधार, गरिबीमा उल्लेखनीय कमी, मातृ तथा नवजात शिशु मृत्युमा कमी र प्राथमिक विद्यालय भर्नामा वृृद्धि भए पनि आइसिपिडीको कार्यादेशका आधारमा नेपालले अझै धेरै काम गर्नुपर्ने बताएकी छिन् ।

‘युएनएफपिएले सन् २०३० सम्ममा तीन शून्यमा पुग्ने राणनीतिक दृष्टि अपनाएको छ,’ डा. केनमले भनिन्, ‘जसअन्तर्गत परिवारयोजनाको अपरिपूर्त मागलाई शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युलाई शून्यमा झार्ने र लैंगिक हिंसा तथा हानिकार अभ्यास, जस्तै, बालविवाहलाई शून्यमा झार्ने लक्ष्य छ ।’

कायरो सम्मेलनको दूरदृष्टि तथा सन् २०३० सम्मेलनको कार्ययोजनाको पूर्ण कार्यान्वयनमा नेपाल सरकारले हालसम्म हासिल गरेका महत्त्वपूर्ण उपलब्धिसँग साक्षात्कार हुुन युएनएफपिएबाट दुईदिने भ्रमणमा डा. कनेम नेपाल आएकी छन् । अगामी नोभेम्बर महिनामा आइसिपिडीको २५ वर्ष पूरा भएको उपलक्ष्यमा केन्या र डेनमार्क सरकारहरू तथा युएनएफपिएको सहकार्यमा नैरोबीमा आयोजना हुन गइरहेको शिखरसम्मेलनमा प्रजनन अधिकार सुनिश्चितामा नेतृत्वदायी भूमिकासहित सहभागी हुन सरकारका उच्च तहलाई आमन्त्रण गर्न उनी आएकी हुन् ।

नेपालको प्रगतिशील नीति, वातावरणीय चुनैतीको सामना गर्न सबै तहमा सरकारको दृढ प्रतिबद्धता, आइसिपिडी एजेन्डा अगाडि बढाउन युवा नेतृत्व संगठन र नागरिकसमजका अभियन्ताको उत्कटता र सक्रियताबाट आफू प्रोत्साहित भएको उनले बताइन् । ‘युएनएफपिएले सन् २०३० सम्ममा तीन शून्यमा पुग्ने राणनीतिक दृष्टि अपनाएको छ,’ डा. केनमले भनिन्, ‘जसअन्तर्गत परिवारयोजनाको अपरिपूर्त मागलाई शून्यमा झार्ने, रोक्न सकिने मातृमृत्युलाई शून्यमा झार्ने र लैंगिक हिंसा तथा हानिकार अभ्यास, जस्तै, बालविवाहलाई शून्यमा झार्ने लक्ष्य छ ।’  नेपालमा मातृमृत्युदर १० लाख जीवित जन्ममा २३९ छ, जुन सार्क क्षेत्रको अफगानिस्तानपछि दोस्रो उच्च दर हो ।

‘प्रत्येक महिला तथा किशोरीका प्रजनन अधिकार र छनोटका लागि प्रतिबद्धतामा उभिएका छौँ,’ डा. केनमले भनिन्, ‘सरकारी निकाय, हाम्रा साझेदार तथा सेवा गर्ने समुदायसँग काँधमा काँध मिलाउँदै उभिएका छौँ । आइसिपिडी र एसडिजीको वाचा पूर्ण रूपमा पूरा गर्न प्रतिबद्ध छौँ ।’

नेपाल प्राकृतिक प्रकोपको अत्यधिक जोखिममा रहेकाले सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पको प्रभाव, बाढी, पहिरोले आर्थिक वृद्धि र विकास तथा उच्च जोखिम क्षेत्रमा बसोवास गरिरहेका जनताको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको डा. भनाइ थियो ।  ‘प्रत्येक महिला तथा किशोरीका प्रजनन अधिकार र छनोटका लागि प्रतिबद्धतामा उभिएका छौँ,’ डा. केनमले भनिन्, ‘सरकारी निकाय, हाम्रा साझेदार तथा सेवा गर्ने समुदायसँग काँधमा काँध मिलाउँदै उभिएका छौँ । आइसिपिडी र एसडिजीको वाचा पूर्ण रूपमा पूरा गर्न प्रतिबद्ध छौँ ।’

आइसिपिडीको कार्ययोजना सन् १९९४ मा कायरोमा नेपाललगायत विश्वका १ सय ७९ देशले सर्वसम्मत रूपमा स्वीकार गरेका थिए । एसडिजीको दूरदृष्टि र मू्ल्यसँग मेल खाने गरी आइसिपिडीले दिगो विकास एजेन्डामा रूपान्तरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय