स्वास्थ्यसचिवबाट डा. पुष्पा चौधरीको राजिनामा, सरकारविरुद्धको मुद्दा फिर्ता लिएपछि स्वीकृत गर्न सरकार तयार

स्वास्थ्य सचिव डा. पुष्पा चौधरी पदबाट राजिनामा दिएकी छिन् । सरकारविरुद्धको मुद्दा फिर्ता लिएसँगै राजिनामा स्वीकृत हुने वातावरण बनेपछि चौधरीले आइतबार राजिनामा दिएकी हुन् । विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि सरकार विरुद्ध गएको भन्दै राजिनामा सरकारले राजिनामा समेत अड्काइदिएको थियो । चौधरीले राजिनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजिनामा स्वीकृतिमा समेत अवरोध भइरहेको थियो ।

पछिल्लोपटक चौधरीले राजिनामा फिर्ता लिएर सरकारविरुद्ध मुद्दा फिर्ता गर्न लगाएरमात्रै राजिनामा स्वीकृत हुने वातावरण बनेको हो । चौधरी गत वर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन् । अदालतले उनकै पक्षमा आदेश दिएसँगै उनको सरुवा रोकिएको थियो ।

चौधरीलाई सरुवा गर्न नसकेपछि सरकारले स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको समेत सचिवको दरबन्दी सृजना गरेर दुई सचिवको व्यवस्था गरेको छ ।
दुई सचिवको व्यवस्थापछि चौधरीको अधिकारीलाई खुम्च्याइएको र त्यहि बिचमा सम्मानजनक विकल्पको खोजिमा लागेकी थिइन् । सोही क्रममा उनले डब्लुएचओमा प्रतिष्ठित र आकर्षक अवसर जुरेपछि सरकारी जागिर छाड्ने तयारी थालेकी थिइन् । तर, सरकारले प्रतिसोध स्वारुप उनको राजिनामा स्वीकृत नगरेर डब्लुएचओ जाने बाटो असहज भएपछि उनले मुद्दा फिर्ता लिएकी थिइन् ।

चौधरीले रिट फिर्ता लिने निवेदन दिएपछि सर्वोच्चका दुई न्यायाधीशद्धय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले निवेदकको मागअनुसार मुद्दा फिर्ता दिने आदेश गरेको हो । चौधरीलाई सरकारले २०७५ असोज २८ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयमा सरुवा गरेपछि कार्तिक १५ मा रिट दायर गरेकी थिइन् । रिटअनुसार अदालतले अन्तरिम आदेश दिएपछि पछि सरकार आदेश विरुद्ध भ्याकेटमा समेत गएको थियो । अदालतले भ्याकेटमा समेत चौधरीकै पक्षमा देखिएको थियो । अदालत पक्षमा देखिएपछि सरकारविरुद्ध गएको भन्दै प्रधानमन्त्री, मुख्यसचिव सहितका अधिकारी चौधरीसँग चिढिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय