२७ लाख बालबालिकालाई खुवाइँदै छ भिटामिन ए र जुकाको औषधि, कार्यक्रमको जिम्मा स्थानीय सरकारलाई

सरकारले शनिबार र आइतबार देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको छ ।कार्तिक २ र ३ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको ७ सय ५३ वटा स्थानीय तहले जिम्मेवारी पाएका छन् । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख झलक शर्मा गौतम बताए ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने बाल स्वास्थ्यले जनाएको छ ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि ७ सय ५३ वटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचाहन हुने शर्मा बताउँछन् ।
यी कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको पाउँछन् ।

शर्माका अनुसार सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएपछिका २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ ।
यसअघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्ने गर्थे । संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन् । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोग प्रति लड्ने क्षमतामा कमि जस्ता समस्या हुन्छन् । बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधात्मक क्षमता वृद्धि तथा समग्र स्वास्थ्य सुधार ल्याउनका लागि भिटामिन ‘ए’को आवश्यकता पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय