आइओएम डिनमाथि दुर्व्यवहारका आरोपी तथा डा. केसीका काउन्टर अनशनकारी थापा पक्राउ

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालमाथि दुर्व्यवहारका आरोपी विजय थापा पक्राउ परेका छन् । यसअघि पनि हातहतियार तथा खरखजानालगायत विभिन्न कसुरमा पक्राउ परी पटकपटक जेलसजायँसमेत भोगिसकेका र विभिन्न जिल्लामा मुद्दा खेपिरहेका थापा मंगलबार साँझ काठमाडौंको महाराजगन्ज क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

२९ भदौमा डिन डा. अग्रवाललाई पत्रकार हुँ भन्दै अन्तर्वार्ताका लागि दिउँसो २ बजेको समय लिई कार्यकक्षमै कालो मोसो दलेर फरार भएको आरोप लागेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दिनदहाडै कार्यकक्षमै प्रवेश गरी डिनमाथि दुर्व्यवहार गर्ने अपराधी सिसी टिभीमा कैद हुँदाहुँदै पनि घटनाको महिनादिन भइसक्दा पनि पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना हुँदै आएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा डिन ड. अग्रवालमाथि दुर्व्यवहार गर्ने व्यक्ति थापा नै भएको अनुमान गरिए पनि आधिकारिक तथ्य भने उनीमाथिको थप अनुसन्धानपछि मात्र पुष्टि हुने जनाइएको छ ।

आपराधिक पृष्ठभूमि रहेका थापा डा. केसीको १६औँ अनशनका क्रममा इलाम पुगेर काउन्टर अनशन बसेका थिए । त्यतिवेला डा. केसीको अनशन तुहाउन सत्तापक्षकै सहयोगमा मेडिकल माफियाले उनलाई डा. सत्याग्रहविरुद्ध अनशनमा बसाएको बहस चलेको थियो । स्कुल पढ्दाका दिनदेखि नै अपराध कर्ममा संलग्न भएका कारण प्रहरीको खोजीमा रहँदै आएका थापा दर्जनौँ घटनामा आरोपित भएका छन् भने पटकपटक जेलसमेत बसिसकेको र धरौटीमा रिहा हुँदै आएको बताइएको छ । ओखलढुंगा जन्मस्थान भएका थापा हाल स्थायी रुपमै काठमाडौंको कपनमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय