कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७६/७७ अन्तर्गतका पहिलो चरण ७ सय ५३ वटै स्थानिय पालिका ६ देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुगाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
साथै यि दिनहरुमा शिध्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बाल बालिकाहरुको micu tape बाट पोषण स्थिति लेखाजेखा र ६ देखि २२ महिनाका बाल बालिकाहरुलाई बहुशुक्ष्म पोषण तत्व बालभिटा वितरण गर्न कार्यक्रम पनि रहेको छ ।  आफ्नो मातहातमा रहेका सम्पूर्ण निकायहरुमा राष्ट्रिय भिटामिन ‘ए’ आम वितरण अभियान सफलता पूर्वक सम्पन्न गर्न गराउन मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय