आफैँ गर्नुहोस् बाथरोगको उपचार

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज २५ गते १२:३८

शरीरका विभिन्न जोर्नीहरूमा हुने समस्यालाई बाथ भनिन्छ । मानिसमा भएका सबैभन्दा पुराना स्वास्थ्य समस्यामध्ये बाथ पनि एक हो । इजिप्टको ‘ममी’मा आदिम युगका व्यक्तिहरूमा र डाइनोसरमा पनि यो समस्या पाइएको छ । विश्वका करोडौं मानिसहरू यो समस्याबाट प्रभावित छन् । कतिपय विज्ञापनहरूमा बाथको रोगले दुखेको तुरुन्त चमत्कारिक रूपले ठीक हुने कुरा र त्यसको उपचारको बारेमा उल्लेख गरिएको हुन्छ । तर वास्तवमा चमत्कारिक रूपले ठीक भने चाहिँ हुँदेन । यस्ता विज्ञापन झुठो हुन्छ । बाथ भएर डाक्टरकहाँ जाँदाजाँदै पनि दुखाइ कम गर्न घरमै प्रयोग गर्न सकिने केही साधारण उपायहरूको बारेमा यहाँ उल्लेख गरिएको छ ।

बाथ रोग भएका मानिसले तौल घटाउनुपर्छ । त्यस्तो कुनै खास प्रकारको भोजन औषधी छैन, जसले वाथ रोग चटक्क निको पार्छ । तौल घटाउन सकियो भने यसले विरामीका विभिन्न जोडहरू जस्तै–घुँडा, खुट्टाका जोर्नी आदिमा पर्ने दवाव कम र दुखाइ केही कम हुन्छ । हड्डीहरूको बीचमा हुने साना तन्तु र कार्टिलेजहरूमा दबाब बढ्न जाँदा हाडमा संक्रमण बढ्न सक्छ । त्यसैले तौल घटाउने कामको सुरुआतसँगै दुखाइ पनि कम हुन सुरु हुन्छ ।  बाथ भएकाहरू ‘हिँड्दा दुख्छ’ भन्छन्, तर नहिँडेर, नचलेर बस्यो भने रोगीहरूलाई झन् बढी समस्या पर्न जान्छ । हलचल नगर्ने हो भने कुँजो पनि हुन सक्छ ।

बाथ भएका व्यक्तिहरूलाई विहान उठ्दा सबभन्दा बढी समस्या पर्छ । झन्डै ९० प्रतिशत बिरामीहरू विहान उठेर भुईंमा खुट्टा राख्दा असह्य दुख्छ भन्छन् । यस्ता व्यक्तिहरूले राती सुत्नुभन्दा अगाडि तेल (तोरीको तेल वा तिलको तेल) ले मालिस गरेर सुत्ने हो भने विहान उठ्दा हुने दुखाइ केही कम हुन जान्छ । मालिस गर्नका लागि कुनै महँगो तेल बजारबाट किन्नु पर्दैन ।

बरु प्रत्येक दिन अलिअलि गर्दै हिँड्ने ग¥यो भने समस्या समाधानको सुरुआत हुन सक्छ । हिँडाइ तथा विभिन्न किसिमका शारीरिक क्रियाकलापहरुबाट चल्न गाह्रो हुने जोर्नीहरूलाई पुनः जीवनदान दिन सकिन्छ । यस्तै गरी प्रायः एकै ठाउँमा बसिरहने र धेरै बौद्धिक काम गर्ने मानिसहरूको शारीरिक कृयाकलाप जस्तो–हिँडाइ, दौडाइ कम हुने हुनाले यस्ता व्यक्तिहरूको तौल स्वतः नै बढी हुन्छ । तिनीहरूलाई बाथ हुँदा उनीहरूको सम्पूर्ण जीवनमा प्रभाव पर्छ । आधुनिक जीवनको दौडमा दिनरात व्यस्त हुनेहरूलाई मानसिक तनाव कम गरेर सकारात्मक भावना जागृत गर्दा पनि दुखाइ कम हुन्छ ।

बाथ भएका व्यक्तिहरूलाई विहान उठ्दा सबभन्दा बढी समस्या पर्छ । झन्डै ९० प्रतिशत बिरामीहरू विहान उठेर भुईंमा खुट्टा राख्दा असह्य दुख्छ भन्छन् । यस्ता व्यक्तिहरूले राती सुत्नुभन्दा अगाडि तेल (तोरीको तेल वा तिलको तेल) ले मालिस गरेर सुत्ने हो भने विहान उठ्दा हुने दुखाइ केही कम हुन जान्छ । मालिस गर्नका लागि कुनै महँगो तेल बजारबाट किन्नु पर्दैन ।

अमेरिकाकी एक मालिस गर्ने डोनाकिङ नामकी महिला भन्छिन्–“मेरो हातमा विगत केही वर्षदेखि बाथको समस्या छ । म कपुरको तेललाई तताएर मालिस गर्छु । त्यसपछि त्यो हातलाई तातो कपडाले बेर्छु र मेरो दुखाइ कम हुन्छ ।

बाथले सुन्निएको ठाउँमा तातो पानी राखेको बोतलले सेक्दा फाइदा हुन्छ । गाउँघरमा कतिपयले नुन तातो पारी त्यसलाई सूतीको पातलो कपडामा बेरेर वा बालुवालाई भुटेर वा ईट्टा वा ढुङ्गा तातो पारी कपडामा बेरेर पनि सेक्छन् । यी सबैको उद्देश्य एउटै हो–दुखेको ठाउँमा तातो दिएर दुखाइ कम गर्नु ।

प्राकृतिक चिकित्सालयहरूमा बाथ रोगका बिरामीहरूलाई तातो पानीले भरिएको ठूलो बाटामा राखिन्छ । त्यसमा कतिपय ठाउँमा बास्नायुक्त केही तेलहरू वा रस (जस्तो–गुलाबको तेल वा गुलाबजल) पनि राखिन्छ । यसरी बस्दा शरीरको तनाव कम हुन जान्छ र शरीरबाट एउटा विशेष रस निस्कन्छ, जसले प्राकृतिक रुपमा दुखाइ कम गर्न सक्छ । घरमा हामी ठूलो भाँडोमा पानी तताएर बस्न सम्भव नभएपनि दुखेको ठाउँ जस्तो–खुट्टाका जोर्नी, हातका जोर्नीहरूलाई मात्रै तातो पानीमा राख्दा पनि दुखाइ केही कम हुन सक्छ ।

बाथका रोगीहरूलाई दुखाइ कम गर्न भिन्ना भिन्नै डाक्टरले भिन्ना भिन्नै औषधी दिन सक्छन् । तर पौडी खेल्ने विषयमा प्रायः सबैको एकै मत हुन्छ । सम्भव भएमा पौडी खेल्नु एउटा उत्तम उपचार तरीका हो । पानीमा शरीरको कृयाकलाप हावामाभन्दा बढी हुन सक्छ । पौडिन नजान्ने व्यक्तिले पनि सुरुमा पानीमा हिँड्ने, पानीमा हात तल माथि लाने, शारीरिक व्यायाम आदि गर्दा पनि निकै फाइदा हुन्छ ।

बाथले सुन्निएको ठाउँमा तातो पानी राखेको बोतलले सेक्दा फाइदा हुन्छ । गाउँघरमा कतिपयले नुन तातो पारी त्यसलाई सूतीको पातलो कपडामा बेरेर वा बालुवालाई भुटेर वा ईट्टा वा ढुङ्गा तातो पारी कपडामा बेरेर पनि सेक्छन् । यी सबैको उद्देश्य एउटै हो–दुखेको ठाउँमा तातो दिएर दुखाइ कम गर्नु । केही व्यक्तिहरूलाई कुनै खास किसिमको भोजन खाँदा दुखाइ बढ्ने हुन्छ । यदि भोजनमा बाथलाई बढाउन सक्ने कुनै खानाको प्रकार छ भन्ने थाहा पाएमा त्यो भोजन खानाबाट हटाउनु पर्छ । तरकारीबाट निकालिएका रसहरू प्रयोग गर्दा पनि बाथ रोगीका लागि उपयोगी भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय