३ कम्पनीका ४ गुणस्तरहीन औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा ४ कसिमका औषधि न्यून गुणस्तरको भएको जनाएको छ । बजारमा विक्रीवितरण भइरहेका ३ कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएपछि विभागले उक्त औषधि बजारबाट फिर्ता गर्न सम्बन्धित कम्पनीहरु र आयातकर्तालाई निर्देशन दिएको छ । गुणस्तरहीन औषधिमा नेपाली र विदेशी कम्पनीका रहेको विभागले जनाएको छ ।

विभागका अनुसार क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर पिओआर १२२१ को रिलेट (ओआरएस) नामक औषधि न्यून गुणस्तरको पाइएको छ । यो औषधि झाडापखालाका बिरामीका लागि प्रयोग गरिँदै आएको छ । सुमी फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याज नम्बर सिएफ २९ को जोनासेफ २०० ट्याबलेटमा पनि न्यून गुणस्तर पाइएको छ । यो एन्टिबायोटिक हो । त्यसैगरी, विभागको अनुगमनका क्रममा गुणस्तरहीन पाइएको अर्को औषधिमा इन्टास फर्मास्युटिकल्सको ब्याच नम्बर एनवाई ०७८३ को टिओआर १० हो ।

उल्लेखित औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागका निमित्त महानिर्देशक पानबहादुर श्रेत्रीले जनाकारी दिए । यसअघि पनि विभागले विभिन्न समयमा गरेको अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय