शाकाहारी आहार अपनाउनेमा ३२% सम्म मुटुरोगको खतरा कम : अनुसन्धान

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज २४ गते ११:१७

स्वस्थ रहनका लागि मांसाहारी आहार (नन भेजिटेरियन डाइट) राम्रो कि शाकाहारी भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । यद्यपि, वैज्ञानिकहरू शरीरका लागि शाकाहारी आहार नै बढी फाइदाजनक भएकोमा आश्वस्त देखिन्छन् । हालसालैको एक अनुसन्धानले पनि यो दाबी गरिएको छ कि, यदि तपाईं रुखबिरुवाबाट प्राप्त आहारलाई अपनाउनुहुन्छ भने तपाईंमा मुटुसम्बन्धी रोगको खतरा ३२ प्रतिशतसम्म कम हुन्छ ।

आकस्मिक मृत्युको सबैभन्दा ठूलो कारण हृदयाघात
वैज्ञानिकको सुझाब छ कि– यदि तपाईं लामो समयसम्म शरीरलाई स्वस्थ, जवान र सक्रिय राख्न चाहनुहुन्छ भने जनावरबाट प्राप्त आहारको कमभन्दा कम र बोटबिरुवाबाट प्राप्त आहारको बढीभन्दा बढी सेवन गर्नुहोस् । यसबाट तपाईंको मुटु लामो समयसम्म स्वस्थ रहनेछ । आजको दुनियाँमा मुटुसम्बन्धी रोग आकस्मिक मृत्युको सबैभन्दा ठूलो कारण बनेको छ । प्रतिवर्ष २० करोडभन्दा बढी मानिस हृदयाघात, कार्डियल अरेस्ट तथा हर्ट फेल्युअरका कारण मरिरहेका छन् । मुटुरोगलाई बढावा दिन वा न्यूनीकरण गर्नमा तपाईंले अपनाउने डाइट (खानपान) ले ठूलो भूमिका खेल्न सक्छ ।

सम्पूर्ण रूपमा शाकाहारी आहार (प्लान्ट बेस्ड डाइट) को सेवनले तपाईं मुटुसम्बन्धी रोगको खतराबाट ३२ प्रतिशतसम्म बच्न सक्नुहुन्छ । त्यसैले हृदयाघात, कार्डियक अरेस्ट तथा हर्ट फेल्युअरजस्ता रोगबाट बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा फलफूल, हरियो सागसब्जी, ड्राई फ्रुट्स, दलहनजस्ता खाद्यवस्तु आजैदेखि सामेल गर्नुहोस् ।

बोटबिरुवामा आधारित आहार (प्लान्ट बेस्ड डाइट) के हो ?
प्लान्ट बेस्ड डाइटमा तपाईं त्यही चिज मात्र खानुहुन्छ, जुन हामीलाई बोटबिरुवाबाट प्राप्त हुन्छ । यो डाइटको अनुसरण गर्ने समयमा तपाईं कुनै पनि यस्तो चिजको प्रयोग गर्नुहुनेछैन, जुन हामीलाई जनावरबाट प्राप्त हुन्छन्, जस्तै, मासु, अण्डा, दूध आदि । बोटबिरुवाबाट प्राप्त आहारमा ताजा फलफूल, काँचो सागसब्जी, हरियो तथा रंगीन सागसब्जी, अनाज, बीज, दाल (दलहन), नट्स, ड्राई फ्रुट्स आदि पर्छन् । समग्रमा शाकाहारी आहारमा यदि दूधबाहेक लगभग सबै आहार प्लान्ट बेस्ड आहारमा सम्मिलित हुन्छन् ।

किन फाइदाजनक छ बोटबिरुवाबाट प्राप्त आहार ?
विशेषतः बोटबिरुवाबाट प्राप्त आहारमा फाइबरको मात्रा पर्याप्त हुन्छ । यसका अलावा बोटबिरुवामा आधारित सबै आहारमा काफी मात्रामा भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्स हुन्छन्, जुन शरीरका लागि आवश्यक हुन्छन् । यी तत्त्वले सेवनकर्ताको शरीरको रोग प्रतिरक्षात्मक क्षमता बढाउँछन् र कोषिकाहरूलाई ड्यामेज हुनबाट जोगाउँछन् । त्यसैले बोटबिरुवामा आधारित आहारको सेवन गर्ने व्यक्ति लामो समयसम्म स्वस्थ रहने वैज्ञानिक अनुसन्धानले देखाएका छन् ।

तपाईं मासुको बदला सागसब्जी, नट्स, बीजयुक्त आहार (फलफूल) तथा होल ग्रेन्स खानुहुन्छ भने तपाईंमा हृदयाघात तथा अन्य कार्डियोभास्कुलर रोगको खतरा निकै कम हुन जान्छ । यसबारेमा यसअघि पनि कैयौँ शोध गरिसकिएको छ, जसको निष्कर्ष लगभग यही नै छ ।

२९ वर्षको शोधपछि निस्कियो परिणाम
पछिल्ला दिनमा ‘अमेरिकन हर्ट एसोसिएसन’को जर्नलमा एउटा लेख प्रकाशित गरियो, जसमा भनिएको छ– बोटबिरुवाबाट प्राप्त आहार जनावरबाट प्राप्त आहारको तुलनामा अधिक स्वस्थकर हुन्छन् । लेखका अनुसार यदि तपाईं मासुको बदला सागसब्जी, नट्स, बीजयुक्त आहार (फलफूल) तथा होल ग्रेन्स खानुहुन्छ भने तपाईंमा हृदयाघात तथा अन्य कार्डियोभास्कुलर रोगको खतरा निकै कम हुन जान्छ । यसबारेमा यसअघि पनि कैयौँ शोध गरिसकिएको छ, जसको निष्कर्ष लगभग यही नै छ ।

यसैगरी, हालसालैको एक अर्को अध्ययनमा पनि बताइएको थियो कि, प्लान्ट बेस्ड डाइटले हर्ट फेल्युअरको खतरा ४० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिन्छ । यो शोधका प्रमुख लेखक क्यासी एम रिभोल्ज हुन्, जो जोह्न्स हप्किन्स ब्लुम्बर्ग स्कुल अफ पब्लिक हेल्थ, बाल्टिमोरमा इपिडिमियोलोजीका असिस्टेन्ट प्रोफेसर हुन् । यो अध्ययनका लागि शेधकर्ताहरूले मिडिल एजका १२ हजार १ सय ६८ जनालाई चुनेका थिए । अध्ययन गरिएका सबै मानिसमा सन् १९८७ देखि २०१६ सम्म (२९ वर्षसम्म) क्लिनिकल अध्ययन गरिएको थियो, तत्पश्चात् यो निष्कर्ष निकालिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय