सैनामैनाको प्राकृतिक अस्पताललाई प्रदेश ५ कै नमूना बनाउने

कृष्ण मल्ल
प्रकाशित
२०७६ असोज २३ गते ९:१५

रुपन्देहीको सैनामैनामा सामुदायिक रुपमा खुलेको प्राकृतिक अस्पतालले आफ्नो सेवा शुरु गरेको छ । आउदो माघ महिनातिरबाट औपचारिक उद्घाटनको तयारी गरिएको अस्पतालले यहि आश्विन १० गतेबाट अकुपञ्चर र परामर्श सेवा शुरु गरेको छ । अस्पताल करिब सात बिगाहा क्षेत्रफलमा प्राकृतिक वातावरणमा रहने प्राकृतिक चिकित्सा केन्द्र कार्य समितिको भनाई छ ।

अस्पतालमा अहिले दुई जना फुल टाइम डाक्टर, दुई जना पार्ट टाइम डाक्टर, एक जना कार्यालय सहयोगी र एक जना चौकीदार कर्मचारी राखी सेवा शुरु गरिएको अस्पतालका अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अस्पतालले कार्तिक १ गतेदेखि आफ्नो सेवालाई बढाउने तयारी गरेको छ । त्यसका लागि अस्पतालले १८ जना कर्मचारीको विज्ञापन गरेको छ । माग गरिएको विज्ञापनमा थेरापिष्ट ६ जना, रिसेप्सनिष्ट १ जना, भोजनालय कर्मचारी ३ जना, माली र करेसावारीकर्मी २ जना, चौकीदार २ जना, सरसफाई कर्मचारी २ जना र कार्यालय सहयोगी १ जना छन् ।

करिब तीन बिगाहा क्षेत्रफलमा शितलचिनी, बेल, अमला, कागती जस्ता जडीबुटी लगाइसकेको छ । करिब एक बिगाहा क्षेत्रमा अर्गानिक तरकारी खेती गरिने प्राकृतिक चिकित्सा केन्द्र कार्य समितिका सचिव कुँवरले बताए ।

अस्पताललाई प्रदेश ५ कै नमूना प्राकृतिक अस्पतालको रुपमा विकास गर्ने गरी काम अगाडी बढिरहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद भट्टराई बताउँछन् । उनका अनुसार करिब सात बिगाहा क्षेत्रफल ओगटेको अस्पतालको भौतिक संरचनाका लागि २० प्रतिशत जमिन छुट्याइएको छ भने अरु जमिन तरकारी खेती, जडीबुटी खेती र फुल बगैचाका लागि व्यवस्थापन गर्नेगरी योजना गरिएको छ ।

रामप्रसाद भट्टराई अध्यक्ष, रामबहादुर कुँवर सचिव, प्राकृतिक अस्पताल, सैनामैना, रुपन्देही

एकान्त र प्राकृतिक हिसाबले उपयुक्त ठाउँमा अस्पताल बनाइएकाले यसको महत्व झनै बढ्ने अध्यक्ष भट्टराईले दाबी गरे । ऐतिहासिक क्षेत्र सैनामैना र प्रदेश राजधानी बुटवलसँग जोडिएको क्षेत्र भएकाले पनि उपचार गर्नका लागि सबै ठाउँबाट आउन पायक पर्ने उनको भनाई छ । सैनामैनालाई प्राचिन कपिलवस्तुको महत्वपूर्ण अंग र मुक्तिनाथतर्फ जाने उत्तरी नाकाको रुपमा लिइन्छ । यहाँ विभिन्न शिलापत्र र शिलालेखहरु पाईएको छ । यसका साथै सैनामैना बुद्धकालिन सभ्यता भएको बुद्धले उपदेश दिएको ठाउँ हो । यो ठाउँलाई कनमणि बुद्धको अबसान क्षेत्रको रुपमा पनि लिइन्छ ।

अस्पतालमा आउने विरामीका लागि यही उत्पादन गरेको तरकारी र जडिबुटीहरु प्रयोग गर्ने गरी तरकारी लगाउने क्षेत्र र जडीबुटी लगाउने क्षेत्रलाई छुट्याइएको प्राकृतिक चिकित्सा केन्द्र कार्य समितिका सचिव रामबहादुर कुवरले बताए । अस्पतालले परीक्षणका लागि डल्ले लौका र अल्फा साग रोपिइसकेको जानकारी दिए । उनका अनुसार अस्पताल परिषरमा रोपिएका साग खान मिल्ने भइसकेको छ भने डल्ले लौका पनि फल्न थालेका छन् । करिब तीन बिगाहा क्षेत्रफलमा शितलचिनी, बेल, अमला, कागती जस्ता जडीबुटी लगाइसकेको छ । करिब एक बिगाहा क्षेत्रमा अर्गानिक तरकारी खेती गरिने प्राकृतिक चिकित्सा केन्द्र कार्य समितिका सचिव कुँवरले बताए ।

पदमपाणी भनेका बुद्धका अनुयायी, बुद्ध दर्शनका ब्रजयान शाखाका योगी हुन् । चौथो बुद्धका रुपमा मानिएका बोदिसत्य हुन् । हिन्दुहरुले मछिन्द्रनाथको रुपमा करुणामय देवताको रुपमा पूजा गर्छन् । हठ योगका प्रबद्धक हुन् ।

सामुदायिक प्राकृतिक अस्पताल संचालनका लागि आजीवन संरक्षक सदस्य, आजीवन सल्लाहकार सदस्य, आजीवन सदस्य, साधारण सदस्य र मानार्थ सदस्यको व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. एस के धितालले बताए । उनका अनुसार यसरी सदस्यता लिनेहरु करिब १२ सय रहेका छन् ।
प्राकृति अस्पताल संचालनका लागि प्रदेश सरकारले पनि सहयोगको हात बढाएको छ । प्रदेस ५ सरकारले डाक्टरहरुको निवासका लागि ७५ लाख सहयोग गरेको छ । कटेज मोडेलमा बन्ने १० वटा चिकित्सक आवासमध्ये तीन वटा बनिसकेको छ । नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको नामबाट दर्ता भएको यो अस्पताल पटक पटकको समितिको बैठकपछि प्राकृतिक अस्पतालको आधिकारीक नाम पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय राख्ने निर्णय गरिएको छ ।

पदमपाणी भनेका बुद्धका अनुयायी, बुद्ध दर्शनका ब्रजयान शाखाका योगी हुन् । चौथो बुद्धका रुपमा मानिएका बोदिसत्य हुन् । हिन्दुहरुले मछिन्द्रनाथको रुपमा करुणामय देवताको रुपमा पूजा गर्छन् । हठ योगका प्रबद्धक हुन् । अहिले अस्पतालको ओपिडीको भूइ तल्ला, भोजनालय, स्टोर र चिकित्सकको तीन वटा कटेज मोडेलको आवास बनिसकेको अस्पतालका समन्वयकर्ता धु्रब घिमीरेले बताए । २०७१ साल फागुन ८–१६ मा भएको महायज्ञबाट नगद र जिन्सी गरी संकलित ६ करोड दानबाट अस्पताल बन्ने सपना शुरु भएको थियो । उक्त रकमबाट तात्कालिन संरचना निर्माणका लागि २२ लाख र महायज्ञ आयोजना गर्नका लागि ५५ लाख रकम खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय