एघार बर्षदेखि अस्पतालमै दसैं

मेडिकल सुपरिटेण्डेन्ट डा. कृृष्ण खनाल

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा. कृृष्ण खनालले एघार बर्षदेखि अस्पतालमै दशै मनाइरहेका छन् । कहिले कनिष्ट हुदा त कहिले जिम्मेवारीमा रहदा दशैमा अस्पताल छाड्न नपाएको उनको भनाई छ । यो पटकका दशै अस्पतालमा नियमित रुपमा मनाउन लागेको बाहै पटक हुने उनले बताए ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसीथोकमा जन्मिएका बरिष्ठ सर्जन डा. खनालले जागिरको शुरुवाद २०४० सालमा कर्णालीको कालिकोट जिल्लाको तत्कालिन फुर्कोट गाउँ पञ्चायतको रास्कोट गाउँबाट शुरु गरेका थिए । त्यतिबेलाको दशैको सम्झना अहिले पनि उनिसँग ताजै छ । दशै मनाउन गुल्मीको घरमा पुग्न उनिलाई कालिकोटबाट एकतर्फी रुपमा ६ दिन लागेको थियो । कालिकोटबाट सुर्खेतसम्म हिडेरै आउनुपथ्यो उनले भने बर्षाको समयमा चिसापानीसम्म हिडेरै आउनुपथ्यो । उनी चारदिनमा हिडेर चिसापानी आइपुगेको र त्यहाँबाट दुई दिन गाडी चढेर गुल्मी पुगेका थिए ।

जागिरको पहिलो बर्षको गाउँमा आउँदाको दशै खुबै रमाइलो भएको डा. खनालले सुनाए । यूवा थिए, बाबा आमा हुनुहुन्थ्यो, साथीभाई थिए उनले भने त्यो दशैको के बखान गर्नु ? बाबा आमा हुदासम्म गाउँमा दशै मनाउन जाने गरको उनि आमा बाबाको मृत्युपछि भने गाउँमा दशै मनाउन जान छाडेको बताउँछन् । बुबा २०५१ सालमा र आमा २०६२ सालमा बितेपछिको दशैमा आफुलाई कम रमाइलो लाग्न थालेको उनले बताए ।

जागिरको सिलसिलामा उनि चार बर्ष मुस्ताङमा बसे । मुस्ताङमा रहदा तीन बर्ष उनले हिमाली जिल्लामै दशै मनाए । आफ्नो गाउँ ठाउँ र रहन सहन नमिलेको हुदा त्यो तीन बर्षको दशै मनाउने भन्दा पनि जागिर गर्ने हिसाबले बितेको डा. खनालले बताए ।

पछिल्लो एघार बर्षदेखि भने अस्पतालमै दशै मनाइरहेको उनले सुनाए । डा. वली साप हुदा म जुनियर भएर उहाँलाई छाडिदिनुपर्यो उनले भने, अहिले आफैले अस्पतालको जिम्मेवारी लिदा विदा लिएर बस्न मिलेन । यो बर्ष पनि मेरो दशै अस्पतालमै हुन्छ डा. खनालले भने, यो मेरो बाहै पटक हो ।
अस्पतालको चिकित्सक निवासमा बसेका उनिसँग श्रीमती पुतला खनाल, छोरा आशीष खनाल र छोरी एलिना खनाल साथमा छन् । उनका माइला दाइ पाल्पामा छन् भने काइलो दाई रुपन्देहीको शंकर नगरमा छन् । ड्यूटीसँगे दशैमा दाजुभाईहरु र परिवारसँग बुटवलमै मनाउने योजना भएको डा. खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय