आयोगले अड्कायो कर्णाली प्रतिष्ठानको एमडिजिपी, एमबिबिएससमेत अनुमति माग्दै पुनः निवेदन

कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानले एमबिबिएस कार्यक्रमका लागि पूर्वाधार पुगेको भन्दै अध्यापन अनुमति थाल्न राष्ट्रिय चिकित्साशिक्षा आयोगसँग अनुमति मागेको छ । प्रतिष्ठानले एमबिबिएससहित थप विषयमा विशेषज्ञसमेत पढाउन सक्ने प्राज्ञिक तथा भौतिक पूर्वाधार पुगेको भन्दै बुधबार निवेदन दिएको हो ।

आयोग स्रोतका अनुसार प्रतिष्ठानले स्नातकसहित एमडी गाइनो, एमडी एनेस्थेसिया र एमडी अर्थोपेडिक्सका लागि निवेदन दिएको छ । यसअनुसार आयोगले छिटै निरीक्षणका लागि टोली खटाउने जनाइएको छ । ९ वर्षअघि स्थापित प्रतिष्ठानको बिरामीको चाप र पूर्वाधार पुगे पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न कहिले काउन्सिल त कहिले आयोगबाट अवरोध हुँदै आएको छ । डा. गोविन्द केसीले कर्णालीमा कार्यक्रम दिन बारबार माग गर्दै आएका कारण विशेषगरी नेपाल मेडिकल काउन्सिल र आयोगमा रहेका नेपाल कम्युनिस्ट पार्टीनिकट चिकित्सकहरू कर्णालीप्रति पूर्वाग्रही देखिँदै आएका छन् ।

कर्णाली प्रदेशकै एक मात्र उपचार भरोसा प्रतिष्ठानले प्रदेशका ९ जिल्ला र सुदूरपश्चिमका केही जिल्लालाई स्याटेलाइटसेवासमेत दिँदै आएको छ । ३०० शय्याकोे अस्पताल सञ्चालनमा रहेको प्रतिष्ठानले बेसिक साइन्स र होस्टल भाडाका भवनमा सञ्चालन गर्ने तयारी गरेको र अन्य पूर्वाधार पूरा गरिसकेको रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

गत असोजमै एमडिजिपी कार्यक्रम सञ्चालनका लागि निरीक्षण गरेको काउन्सिल टोलीले झन्डै एक वर्ष अड्काएर गत असारमा मात्र ३ सिट दिए पनि प्रधानमन्त्री अध्यक्ष भएको आयोगले खोसेको छ । आयोगको कार्यकारी उपाध्यक्ष नियुक्तिपछिको पहिलो बैठकले एकै समयमा प्रक्रिया अघि बढाएको पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई अनुमति दिए पनि कर्णालीको स्थगित गरी पुनः नयाँ निरीक्षण टोली पठाउने निर्णय गरेको स्रोतको भनाइ छ ।

कर्णाली प्रदेशकै एक मात्र उपचार भरोसा प्रतिष्ठानले प्रदेशका ९ जिल्ला र सुदूरपश्चिमका केही जिल्लालाई स्याटेलाइटसेवासमेत दिँदै आएको छ । ३०० शय्याकोे अस्पताल सञ्चालनमा रहेको प्रतिष्ठानले बेसिक साइन्स र होस्टल भाडाका भवनमा सञ्चालन गर्ने तयारी गरेको र अन्य पूर्वाधार पूरा गरिसकेको रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार काउन्सिल र आयोगले अनुमति दिएमा प्रतिष्ठान तत्काल कक्षा सञ्चालनका लागि समर्थ छ ।

One thought on “आयोगले अड्कायो कर्णाली प्रतिष्ठानको एमडिजिपी, एमबिबिएससमेत अनुमति माग्दै पुनः निवेदन

  1. स्वास्थ क्षेत्रलाई राजनीतिक हतियार नबानाउ
    कर्ण्ााली स्वास्थ्य विज्ञान प्रटिष्ठान कर्ण्ााली प्रदेशकै धरोहर बन्नसक्छ ।
    अधिकार देउ काम गरेर देखाउछ ।
    राजनीतिक हतियार होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय