के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?

धेरै वर्षपहिले एउटा दुब्लो ज्यानको जुँगका रेखी हल्का देखिँदै गरेको व्यक्ति साधारण पहिरनमा ब्याग भिरेर बिहानै काठमाडौंको पुतलीसडकमा लम्किँदै थियो । कतै पुग्ने हतार थियो उसलाई । त्यसो नहुँदो हो त बाटोमा हस्याङ–फस्याङ गर्नुभन्दा सिरकमुनि मस्त सपना देखिरहेको हुन्थ्यो होला ऊ त्यतिवेला । हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतर्फको गन्तव्य हुनुपर्छ । सायद, ती पाइलामा भविष्यमा सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ । र, त्यो हिँडाइ सानैदेखि अवचेतन मस्तिष्कलाई पोस्न गरिएको अब्बल हुने चेतनाको परिणाम हुनुपर्छ । उत्कृष्ट हुने इच्छाले डोर्याएको हुनुपर्छ त्यो आत्मालाई । तपाईंको अनुमानमा के होला ?

किटान गरेर अनुमान लगाउनुपर्दा डाक्टर पढ्ने तयारी गरिरहेको हुनुपर्छ, व्यक्ति । परिवार र समाजको हरियो चस्माले देखेको सम्पन्नताले प्रचुर भविष्य जो छ डाक्टरी पेसामा, प्रवेश नगर्दासम्म सधैँ हरियो देखिन्छ । कसैले उजाड छ भन्दैमा पत्याउँदैन त्यो मन । त्यही हजारौँ मन आज पनि लम्किँदै छन्, काठमाडौंको पुतलीसडकवरिपरि, उत्कट इच्छा र कर्मठ व्यवहारका साथ । एकप्रकारको बाध्यता पनि लुकेको हुनुपर्छ, पैसा र इज्जतको ललीपपले घर–समाजले देखाएको मार्ग न हो त्यो ।

समयको परिवर्तन होला, त्यो जुँगाको रेखी पलाउँदै गरेको दुब्लो ज्यान आज अलिकति मोटाएको हो कि जस्तो देखिन्छ । दाह्री बढेको छ, जुँगा पलाएछ । यतिका वर्षमा आज डाक्टर बनेको छ । उमेर मिलाएर घटाउन सकेजति भन्नुपर्दा २८ वर्षमा चलिरहेको होला, तर पढाइ अझै निरन्तर छ । अहिलेका सरकारी नियम र बन्धनले लगभग १२ वर्षमा औपचारिक पढाइ सकिन्छ । ३ वर्षको पिजी अर्थात् एमडी, ५ वर्षको बन्धन सेवा र फेरि ३ वर्षको डिएम । ४० वर्षको उमेरमा यो डाक्टर पक्का डाक्टर हुने देखिन्छ । विभिन्न नियमले बाँध्न र कस्न मात्र खोज्दै छ नेपाल सरकार । पहिले डाक्टरी पढाइ प्रवेश गर्दा त्यस्ता कस्ने र बाँध्ने नियम थिएनन् । तर, अहिले निःशुल्कमा पिजी पढाउने र त्यसबापत ५ वर्ष सरकारले खटाएको ठाउँमा जानुपर्ने सर्तमा कबुलियतनामा पेलेर गराएको छ, जुन कुरा समय सान्दर्भिक पनि देखिन्न र न्यायोचित पनि । त्यसैले त असन्तुष्ट स्वर नारासहित उत्रिन्छ स्वास्थ्य मन्त्रालय अगाडि । ‘सेवा गर्न चाहन्छौँ, कमारो बन्न चाहन्नौँ,’ जस्ता नाराले तताइरहेको हुन्छ मन्त्रालयपरिसर वेला–वेला ।

 

पढ्नेवेला ठेलीका ठेली किताब, लामो परीक्षा । काम गर्दा न रात न दिन, न दसैँ न तिहार, न त शनिबार भनेरै आराम छ । यी सबै डाक्टरको पेसासँगै आउने कुरा हुन् । कोही न कोही आफ्नो निद्राबाट उठेको छ, त्यसैले त स्वास्थ्यसेवा टिकेको छ । तर, यो कुनै कुरा बाहिर बस्नेले देख्दैन । केवल सेतो कोट र चिटिक्क परेको पोसाक मात्र देख्छ र स्वर्णिम सकल जीवनचर्याको अनुमान लगाउँछ ।

कोचिङ सेन्टर जाने हो भने डक्टरभन्दा अरू कुनै विषय नै छैन जस्तो गरी ‘ब्रेन वास’ गर्छन्, जुन विशुद्ध व्यावसायिक रणनीति हो । त्यो भ्रममा पर्नु मूर्खता हो भने भ्रम सिर्जना गर्ने ठाउँमा पढ्न जानु महामूर्खता । त्यसैले यदि भर्खर दिएका प्रवेश परीक्षामा नाम ननिस्किएकोमा धेरै चिन्ता मान्नुपर्दैन, बरु भाग्योदय भयो भनेर खुसी हुनु, यो दसैँको सबैभन्दा ठूलो दक्षिणा त्यही हो भनेर मान्नु मनासिब हुनेछ । बाँकी सबै भाइबहिनीको इच्छा, पछि दाइले सजग गराएन नभन्नू ।

नियम बनाउने व्यक्तिले आफूलाई अरूको स्थानमा उभिएर हेर्न नसकेको र विनाअध्ययन पेल्न खोजेर नियम बनाउन खोजेको देखिन्छ । नेपालमा डाक्टर मात्रै छत्रवृत्तिमा पढेजस्तो व्यवहार देखिन्छ । छात्रवृत्तिको मतलब व्यक्तिले मिहिनेत गरेर अग्रस्थानमा नाम निकालेबापत पढ्न पाउने अधिकार हो भने देशको स्वास्थ्यसेवा सुदृढ गर्नु राष्ट्रको दायित्व हो । तर, कसैलाई दाम्लोमा बाँधेर मात्र त्यसको सुनिश्चितता गर्न सकिन्छ भन्नु नै भ्रम हो । एमबिबिएसपछि २ वर्ष दुर्गम र सुगममा करार सेवामा जानुपर्ने बाध्यता छ । त्यही २ वर्षमा विभिन्न परिस्थिति र स्थिति भोगेर र खुरापात देखेर नै विरक्त हुन्छन् धेरैजना । मन कुण्ठित हुन्छ, बाध्यात्मक पलायनवाद सुरु हुन्छ । त्यसैले रहरभन्दा बाध्यता नै भन्नुपर्छ । त्यही कुरा पुनः एमडीपश्चात् ५ वर्षको बन्धनको सेवामा दोहोरिने सम्भावना छ । त्यो पूरा गर्दागर्दै कपाल फुलिसक्छ, तर पनि पढाइ सकिँदैन । पढाइ नसकिनु पीडा होइन, त्यसको मर्म कसैले नबुझ्नु पीडा हो ।

सबैका लागि समुन्नत र इज्जतको पेसा डाक्टर । आर्थिक सुरक्षाको मोहले डाक्टर पढ्नु भ्रम हो, लगानी गर्दा लाखौँमा र सेवा गर्दा हजारमा गर्नुपर्छ, व्यक्तिको आशाअनुरूप पटक्कै मिल्दैन । इज्जतको पेसा भन्ने हो भने लापरबाहीको सस्तो न्वारन व्याप्त छ, भौतिक र आर्थिक दुवै क्षति हुने । यस्तो हुनुमा जनमानसको बढ्दो आशा र अल्पज्ञान तथा स्वास्थ्य क्षेत्रको व्यापारीकरण कारकतत्त्व छन् । जे भए पनि यो पेसा असुरक्षित हुँदै छ, आर्थिक र भौतिक दुवै रूपले असुरक्षा । सम्मानित भएर पैसा कमाउने सोचले यो क्षेत्र प्रवेश गर्नु नै गलत हुन्छ । न सरकारले सम्बोधन गर्छ, न आफ्नो पढाइ समयमा सकिएर कमाउन सकिन्छ । उमेरको दुईतिहाइ नै विद्यार्थी जीवन । यो त विशुद्ध सेवाको पेसा हो, निःस्वार्थ सेवा । ४० कटेसी रमाउने भए सोच्न राम्रै हुन्छ । सरकारको आदर्शवादी सोच मनन गर्ने हो भने त उमेर ५० पुग्छ होला । के गर्नु ! डाक्टर मात्रै आदर्शवादी हुनुपर्छ यो देशमा ।

त्यो दुब्लो ज्यानको प्रगति र हाम्रो देशको प्रगति उस्तै हो, दुवैको मन्दगति । काँचुली नै फेर्ला भन्ने आश छैन । अरू कुनै विषयमा नलाग्ने बन्धन हाम्रै विषयमा छ । यता त्यही बन्धन एक किसिमले व्यक्तिगत प्रगतिको ब्रेक हो । उता ओहदावालाको खराब नियतले देशको प्रगतिमा ब्रेक सदाबहार छ । देशको प्रगतिमा टेवा पुग्ने भए त हाम्रो २ वर्ष समर्पण गर्न हुन्थ्यो । यहाँ त ५ वर्षको बन्धन थोपर्न खोज्दै छ सरकार ।

अझै मन्दगति हुने भयो व्यक्तिगत विकास । देशले उन्नति गरे आफ्नो पनि उन्नति होला । आफूले उन्नति गरे देशले उन्नति गर्ला, त्यसरी बाँध्नैपर्छ र ? नेपालमा जन्मिएर सुविधा अमेरिकाको जस्तो खोज्नु मुनासिब त नहोला, तर चिकित्सा पेसालाई यथोचित सम्मान दिन नसक्नु राष्ट्रको कमजोरी नै हो । पहुँचवालाको अड्डामा सुविधा मस्त खन्याउने, तर काम भने अस्पतालमा मात्र चुस्त खोज्ने प्रवृत्ति, ‘तिमीहरू त चौबिसै घण्टा सजग हुनुपर्छ, नाइँ–नास्ति हुँदैन’ भन्दै घुर्की देखाउने वेला–वेलामा । ‘श्रमको मूल्य उचित भएन हजुर !’ भन्दा कानमा तेल हालेर बस्ने । अर्थ मन्त्रालय, अख्तियार, महालेखा, भन्सार, अदालतमा भने कानेगुजी पनि सफा गरी सुन्ने हाम्रो सरकार । यो पीडाबोध कसैले बुझ्न सक्दैनन् । डाक्टरलाई बाँधेर तह लगाउन खोज्नु, तर सम्पूर्ण राष्ट्रको स्वास्थ्य हेर्ने चिकित्सा क्षेत्रको सुविधामा कन्जुस्याइँ गर्नु कहाँसम्म न्यायोचित होला ? स्वास्थ्य क्षेत्रको विकृति बढार्न र गुणस्तर बढाउन सारा नेपालीका निम्ति अनशन बसेर लड्ने श्रद्धेय डा. केसीको माग त पूरा गर्न आनाकानी गरिने हाम्रो देशमा अरू केही सकारात्मक प्रगति होला भन्ने कुरामा द्विविधा छ ।

डाक्टर पढ्न मरिहत्ते नगर्ने हो भने सायद कोचिङ सेन्टरलगायतलाई घाटा होला । त्यसैले कोचिङ सेन्टर जाने हो भने डक्टरभन्दा अरू कुनै विषय नै छैन जस्तो गरी ‘ब्रेन वास’ गर्छन्, जुन विशुद्ध व्यावसायिक रणनीति हो । तर, त्यो भ्रममा पर्नु मूर्खता हो भने भ्रम सिर्जना गर्ने ठाउँमा पढ्न जानु महामूर्खता । त्यसैले यदि भर्खर दिएका प्रवेश परीक्षामा नाम ननिस्किएकोमा धेरै चिन्ता मान्नुपर्दैन, बरु भाग्योदय भयो भनेर खुसी हुनु, यो दसैँको सबैभन्दा ठूलो दक्षिणा त्यही हो भनेर मान्नु मनासिब हुनेछ । बाँकी सबै भाइबहिनीको इच्छा, पछि दाइले सजग गराएन नभन्नू ।

सन्तुष्टि र सुखलाई जीवनको गन्तव्य मान्नुहुँदैन । मानियो भने त्यो गन्तव्य कहिल्यै पूरा हुन सक्दैन । व्यक्तिका ९९ प्रतिशत इच्छा पूरा भएका छन् भने पनि उसले त्यसलाई १०० बनाउन खोज्छ । विडम्बनाको कुरा, त्यो सधैँ ९९ नै रहिरहन्छ । आफ्नोभन्दा सधैँ अरूको बारीको बाली राम्रो देखिन्छ, सायद मानवीय प्रवृत्ति नै होला, त्यसैले डाक्टरी पेसालाई समयअनुरूप केलाउँदा धेरैले सन्तोषजनक नदेखेको ।

संघर्ष सबै विधामा हुन्छन्, चिकित्सामा मात्र संघर्ष र दिक्दारी बढ्दो छ भन्दिनँ । तर, यो विधामा होमिन लालायित ती हजारौँ मनले एकपटक सोचेर मात्र मरिहत्ते गर्नु उत्तम होला भन्ने मेरो निचोड छ । सुख र सन्तुष्टि त एउटा यात्रा हो, त्यसलाई गन्तव्य बनाएर यो पेसामा प्रवेश गर्नु भविष्यमा दिक्दार हुनु हो । तर, सुख र खुसीलाई यात्राको साथी बनाएर अगाडि बढ्न सक्ने मन छ भने यसका रंगीन आयामहरू रहरलाग्दा छन् । त्यसको चर्चा कुनै दिन गरौँला । अब निर्णय गर्ने जिम्मा तिनै पुतलीसडकतिर केन्द्रित मनको हो, जो अहिले दिग्भ्रमित छन् । अघिल्लो विश्वकपमा अर्जेन्टिनाबाट विश्वकप खेलेको मेसी र नेपालका डाक्टर एउटै हुन्, गोल खाने र बस्ने, एक्लो वृहस्पति जहाँको त्यहीँ ।

डाक्टर पढ्न मरिहत्ते नगर्ने हो भने सायद कोचिङ सेन्टरलगायतलाई घाटा होला । त्यसैले कोचिङ सेन्टर जाने हो भने डक्टरभन्दा अरू कुनै विषय नै छैन जस्तो गरी ‘ब्रेन वास’ गर्छन्, जुन विशुद्ध व्यावसायिक रणनीति हो । तर, त्यो भ्रममा पर्नु मूर्खता हो भने भ्रम सिर्जना गर्ने ठाउँमा पढ्न जानु महामूर्खता । त्यसैले यदि भर्खर दिएका प्रवेश परीक्षामा नाम ननिस्किएकोमा धेरै चिन्ता मान्नुपर्दैन, बरु भाग्योदय भयो भनेर खुसी हुनु, यो दसैँको सबैभन्दा ठूलो दक्षिणा त्यही हो भनेर मान्नु मनासिब हुनेछ । बाँकी सबै भाइबहिनीको इच्छा, पछि दाइले सजग गराएन नभन्नू ।

‘आफू मात्र डाक्टर हुने, अरूलाई हुन नदिने’ भनेर मलाई खुरापाती भन्लान् । त्यो वर्गलाई म सम्झाउन सक्दिनँ । पूर्ण रूपले ‘ब्रेन वास’ भएको मस्तिष्कले आफैँ भोग्नुपर्छ । तर, सत्य सत्य नै रहन्छ । आफैँ भोगेर विचार गर्छु भन्ने हो भने केही छैन । तर, त्यतिवेला फर्किने बाटो रहँदैन, पहिले नै सजग हुनुपर्छ । जीवनको उर्वर उमेर खेर फाल्छु नै भनेर हामफाल्ने हो भने कुनै आपत्ति छैन ।

त्यही धेरै वर्षपहिलेको दुब्लो ज्यानको मनोभाव आज शब्दहरूमा उत्रिने प्रयास गरेको छ । त्यो अझै पनि दुब्लो नै छ । कुनै दिन सात्विक तरिकाले सुहाउँदो मोटाएछ भने पुनः शब्दबाट भेटौँला । धन्यवाद !

उही
समयको दर्शक

 

One thought on “के डाक्टर पढ्न मरिहत्ते नै गर्ने हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय