स्वास्थ्यकर्मीमाथि बलात्कार आरोपपछि महराको सभामुख पद खुस्कियो, सांसदबाट दिएनन् राजीनामा

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज १४ गते १५:१२

महिला स्वास्थ्यकर्मीमाथि बलात्कार तथा कुटपिटको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको आकस्मिक बैठकले महरामाथि लागेको आरोपले पार्टीलाई गम्भीर बनाएको भन्दै आरोपीले सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । नेकपा (तत्कालीन माओवादी) कै तर्फबाटसभामुखमा निर्वाचित भएका महराले सांसदबाट भने राजीनामा नदिएको बताइएको छ ।

आइतबार बेलुका रक्सीले मातेर स्वास्थ्यसेवाकी संसद् सचिवालयमा काजमा कार्यरत एक महिला कर्मचारीको कोटेश्वरस्थित डेरामै गएर उनीमाथि निर्घात कुटपिटसहित जबर्जस्ती करणी गरेको आरोप महरामाथि छ । ती कर्मचारीले पहिलेदेखि नै राम्रो चिनजान र नातासमेत जोडिएका महराले आफ्नो पति घरमा नभएको वेला जबर्जस्ती डेरामा आई रक्सी पिउन बाध्य पारेर सयौँ प्रतिकारको कोसिसका बाबजुद पनि बेडरुमदेखि किचेनसम्म लखेट्दै निर्मम कुटपिटपछि बलात्कार गरेको मिडियाहरुमा बताएकी छिन् ।

महराले भने सुरुमा आफू ती महिलाको कोठामा आइतबार बेलुका गएको स्विकार्दै महिलाले भनेजसरी जबर्जस्ती नगरेको केही मिडियालाई प्रतिक्रिया दिए पनि पछिल्लो समय भने बोली फेरेका छन् । महराको प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तिमा उनी आइतबार दिउँसो २ बजे संसद् सचिवालयबाट फर्किएपछि निवासबाट कतै नगएको बताएका छन् । सभामुखको रानजीति सिध्याउन गलत आरोप लगाइएको विज्ञप्तिमा उल्लेख छ । आरोपी महराले समायोजनमा संसद् सचिवालयमै दरबन्दी क्रिएट गरेर बस्न चाहेकी ती महिला कर्मचारीले सामान्य प्रशासन मन्त्रालयले राजधानीबाहिर पदस्थापन गरिदिएपछि त्यसको रिस फेर्न आफूमाथि नाजायज आरोप लगाएको जिकिर गरेका छन् ।

पीडित स्वास्थ्यकर्मीले घटनाका क्रममा फुटेको महराको चस्माको ग्लास, जुत्ताको तलुवा, उनले पिएर बाँकी रहेको आधा बोत्तल रक्सीलगायत यत्रतत्र छरिएका कोठाका सामानसहितको फोटो मिडियालाई उपलब्ध गराएकी छिन् । घटनापछि पीडितको बोलावटमा प्रहरी कोठामा घटनास्थलको विवरण लिए पनि हालसम्म पीडितको जाहेरी प्रहरीमा दर्ता भएको भने खबर सार्वजनिक भएको छैन ।

सत्तारुढ नेकपासँगै प्रतिपक्षी नेपाली कांग्रेसले पनि महरामाथि लागेको आरोपको मानजनसरह निष्पक्ष छानबिनमा सघाउन महराले सभामुखबाट राजीनामा दिनुपर्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय