मृत्युलाई हराउन मात्र खोज्ने कि सत्यलाई स्विकार्दै पीडा कम गर्ने ?

आधुनिक मेडिकल क्षेत्रले निको हुन नसक्ने बिरामीको हात अस्पतालको ढोकाबाट नछोडेर उसको अन्तिम श्वाससम्मलाई सहज बनाउन काम गर्ने वेला भएन र ? के रोग र मृत्युमाथि केही क्षणको विजयमै आधुनिक चिकित्सा सीमित हो ? मान्छेलाई अंगहरू, ती अंगका रोग, रिपोर्टको थुप्रोका रूपमा मात्र नहेरेर सम्पूर्ण मान्छेका रूपमा हेर्ने, उसको शरीर मात्र नभई मन, सोचाइ, अध्यात्म, संस्कार सबैलाई समायोजन गर्दै बिरामीको मृत्युसम्मको यात्रा सजिलो पार्ने प्रयास थाल्ने वेला भएन र ? यसको उत्तर सोच्नुअघि आफ्नो आँखाअघि जीवन र मृत्युको सँघारमा पीडामा छट्पटाइरहेका व्यक्तिको मुहार सम्झनुहोला । के उनको पीडा कम गराउनु हाम्रो दायित्व होइन र ?

उनी पारालाइसिस भएका बिरामी थिए, सुरुमा अस्पताल लगेर सिटी स्क्यान गरेर केही दिन उपचार गरे पनि खासै सुधार नभएपछि परिवारले नै उनलाई अस्पतालबाट निकालेर कहिले कुन कहिले कुन थेरापीमा लगेका थिए । पछि घरमै थेरापी गर्ने भनेर लाख पर्ने मेसिन किनेर राखिएको थियो । घरमै आएर अक्युपन्चर, थेरापी, धामी–झाँक्री सबै गरिन्थ्यो । पूर्ण सुधार नभएको, अरूले खुवाउनुपर्ने, समातेर सहारा दिएर डुलाउनुपर्ने, दिसा–पिसाब लाग्यो भने इसारा दिएर अरूले गराउनुपर्ने उनको अवस्था थियो ।

त्यस्तैमा फेरि अर्को मस्तिष्काघात र स्टुरोक भयो । उनी फिँज काढ्दै, आँखा पल्टाउँदै, लुगामै पिसाब छोडेर काम्दै बेहोस भए । अस्पताल दौडाइयो, सिटी स्क्यान गरियो, दिमागमा पहिलेको भन्दा अझ ठूलो रगत जमेको रहेछ । आइसियूमा राखियो, श्वास अनियमित थियो, कुनै पनि वेला बन्द हुन सक्थ्यो । बिरामीका आफन्तलाई अवस्थाबारे सरसर्ती बुझाइयो । कति बुझे कति बुझेनन् थाहा छैन, टाउको हल्लाउँदै थिए । शुद्ध नेपालीमै भनिए पनि डाक्टरले गरेको काउन्सेलिङ धेरै नेपालीले बुझ्दैनन् । रोग, शरीर, उपचारलाई बुझ्नका लागि हाम्रो समाजको त्यो तरिका नै बनेको हुँदैन ।

अन्ततः केही दिनपछि एकाबिहानै उनको मुटु चल्न बन्द भयो । तैपनि डाक्टरले हिम्मत हारेनन्, या त उनीहरूको बाध्यता थियो, डाक्टरले मेडिकल प्रोटोकलअनुसार मुटु बन्द भएपछि छाती थिचेर मुटु चलाउने प्रयास गरे । व्यस्त ड्युटीले थाकेका डाक्टर, नर्सहरू मुटुको चाल फर्कने सम्भावना नदेख्दा नदेख्दै पनि उनका छोराहरूले ‘बिरामी बचाउन हरसम्भव प्रयास गर्ने’ भनेकाले छाती थिचिरहे । १, २, ३, ४, ५ भन्दै पालैपालो छाती थिचिरहे ।

निको हुने सम्भावना प्रतिशतमा भनेर के गर्ने, आफ्नो बिरामी बाँचेन भने त्यो आफ्ना लागि १०० प्रतिशत बनिहाल्छ । काउन्सेलिङ के बुझे, कति बुझे, कसरी गरियो, कति गरियो थाहा भएन । बिरामीको अवस्था बिग्रिँदै गयो, डाक्टरले भेन्टिलेटरमा राख्नुपर्छ भने । छोराहरूले हुन्छ भने, भेन्टिलेटरमा राखियो । भेट्न आउने आफन्त, छिमेकको भिड आइसियूबाहिर लामो हुन्थ्यो । आइसियूमा भेट्न पाउने निश्चित समय हुन्थ्यो, यसो हेर्यो, फर्कियो । भिड भयो भनेर आइसियूमा बाहिर जानुस्, अहिले भेट्ने समय होइन भनिरहन्थे । आउनेमध्ये कसैले बितिसकेछन् भन्थे, कसैले लुकेर चोखो जल खुवाउँथे, कसैले टीका लाइदिन्थे, कोही रुँदै फर्किन्थे ।

केही दिन भेन्टिलेटरमा राखिए पनि उनको अवस्था सुधार भएन । वेला–वेला परिवारमा आइसियूबाट निकालेर घर लैजानेजस्तो कुरा पनि हुन्थ्यो । फेरि के कुराले हो कुन्नि, उनीहरूलाई रोक्थ्यो । ‘छोराहरूले हेरेनन्, सकेको गरेनन्, पैसाको मुख हेरे’ भन्ने आफन्त, छिमेकका कुरा सुन्नुपर्ला भन्ने डरले हो कि आफ्नो बुबाको मायाले हो । मायाले हो भने त बुबाले जिन्दगीकै सबैभन्दा धेरै दुःख अहिले पाइराख्नुभएको थियो सायद । जीवन र मृत्युबीचको यो लडाइँ देख्ने र भोग्ने दुवैलाई कष्टकर थियो । मायाभन्दा पनि आफ्नो मान्छे गुमाएको अवस्था, बुबा नभएको क्षणको कल्पना गर्न नसकेर, त्यसलाई स्वीकार गर्न नसकेर मृत्युसँग यो लडाइँ लड्दै पो थिए कि ! तर, मृत्युलाई कसले पो छल्न सकेको छ र । अन्ततः केही दिनपछि एकाबिहानै उनको मुटु चल्न बन्द भयो । तैपनि डाक्टरले हिम्मत हारेनन्, या त उनीहरूको बाध्यता थियो, डाक्टरले मेडिकल प्रोटोकलअनुसार मुटु बन्द भएपछि छाती थिचेर मुटु चलाउने प्रयास गरे । व्यस्त ड्युटीले थाकेका डाक्टर, नर्सहरू मुटुको चाल फर्कने सम्भावना नदेख्दा नदेख्दै पनि उनका छोराहरूले ‘बिरामी बचाउन हरसम्भव प्रयास गर्ने’ भनेकाले छाती थिचिरहे । १, २, ३, ४, ५ भन्दै पालैपालो छाती थिचिरहे । उनलाई लिन यमराजका दूत आएका भए पनि यो सब देखेर कति दुःखी हुन्थे होलान् । जीवनको एउटा शास्वत् सत्यलाई उनका आफन्त र यी नाथे डाक्टर, नर्सहरूले किन स्वीकर गर्न नसकेका होलान्, यी मुढाझैँ लडेका बुढालाई किन दुःख दिइरहेका होलान् भनेर सोच्थे होलान् । लाइन लागेर पालैपालो बेडमा चढ्दै बुढो शरीरलाई थिचेको थिच्यै थिए, सायद २–३ वटा करङ पनि भाँच्चिए होलान् । तर, यो कुनै लापरबाही थिएन, बरु नजिकका आफन्तले मुटु बन्द हुँदा त्यसरी कार्डियो पल्मोनरी रिससिटेसन सिपिआर नगर्नू भनेर नभनेसम्म वा २०–३० मिनेट छाती थिचेर पनि मुटुको धड्कन नफर्किएमा मात्र यो काम रोक्ने मेडिकल प्रोटोकल छ । त्यसो नगरेमा भने लापरबाही गरेको भन्ने दोष र कानुन लाग्न सक्थ्यो । चाहे त्यो उपचार पद्धति यो बिरामीका लागि जतिसुकै काम नलाग्ने नै किन नहोस् । हुन त बिरामीको मुटुको धड्कन फर्कन सक्छ कि सक्दैन भनेर निर्क्योल गर्ने हामी को हौँ र ?

तर, सत्य भनेको सत्य नै हो, अन्तिम सत्य । उनको मुटुको धड्कन फर्किएन, उनको मृत्यु भयो । मुखबाट कृत्रिम श्वास दिने पाइप छिराइएको थियो, छातीमा तारहरू जोडिएका थिए । भर्खरै गरेको छाती थिच्ने उपचारले उनको छाती रातो भएको थियो । नाडीमा दुवैतिर क्यानुला घोचिएको थियो, स्लाइनहरू झर्दै थिए । पिसाबको पाइप लागेको थियो, बेडमा छरपस्ट इमर्जेन्सी औषधिका भाइल, सिरिन्जहरू थिए । नाक तथा मुखबाट हल्का रगत मिसिएको फिँज आइरहेको थियो । आफन्तभन्दा पर, आफ्नो घरको आफ्नै न्यानो बिस्तराभन्दा टाढा उनले अन्तिम श्वास फेरे । डाक्टर, नर्सहरू थकित र युद्ध हारेको सिपाहीझैँ देखिन्थे । आफन्त एकैछिनमा आइपुगे, उनीहरूको प्रिय मान्छे मुढोझैँ निर्जीव लडिरहेको थियो ।

के श्वास फेर्नु र मुटु चल्नु नै बाँच्नु हो ? मान्छेको जीवनको क्वालिटी अफ लाइफ भन्ने हुँदैन ? हुन त शारीरिक रूपमा अक्षम भए पनि विचारको हिसाबले काम गर्न सकेको धेरै उदाहरण छन्, तर दिसा–पिसाब गर्ने, खाने, नुहाउनेजस्ता काममा अरूको सहारा लिनुपर्ने त भयो–भयो, बोल्न, लेख्न, विचार पोख्न पनि नसक्ने, मुढोझैँ लडेर टुलुटुलु हेर्नुलाई बाँचेको भन्न मिल्छ र ?

यो त एउटा प्रतिनिधि घटना मात्र हो, यस्ता घटना भोगेका, देखेका धेरै छन् । यस्तो घटना देख्दा, सुन्दा मेरो मनमा धेरै प्रश्न उठ्ने गर्छन्, विचारका ज्वारभाट आउने गर्छन् ।

– के श्वास फेर्नु र मुटु चल्नु नै बाँच्नु हो ? मान्छेको जीवनको क्वालिटी अफ लाइफ भन्ने हुँदैन ? हुन त शारीरिक रूपमा अक्षम भए पनि विचारको हिसाबले काम गर्न सकेको धेरै उदाहरण छन्, तर दिसा–पिसाब गर्ने, खाने, नुहाउनेजस्ता काममा अरूको सहारा लिनुपर्ने त भयो–भयो, बोल्न, लेख्न, विचार पोख्न पनि नसक्ने, मुढोझैँ लडेर टुलुटुलु हेर्नुलाई बाँचेको भन्न मिल्छ र ?

– मृत्यु भनेको त जीवनको अन्तिम सत्य होइन र ? अनि यसलाई हामीले किन मेडिकल ज्ञान र प्रविधिको हारझैँ मान्छौँ ? उमेर पुगिसकेपछि वा भनौँ रोगले गलाइसकेपछि पनि स्वयम् र आफन्त पनि नजिकिँदो सत्यलाई किन स्विकार्न सक्दैनौँ ? एकदिन हिँड्नैपर्ने त्यो बाटोमा हिँड्नैनपरोस् भन्नेभन्दा पनि त्यो बाटो हिँड्दा कसरी सजिलो हुन्छ, कसरी मन शान्त हुन्छ भन्ने बाटाहरू पो खोज्नुपर्ने होइन र ?

– के मान्छेलाई लागेको रोग निको नहुने थाहा भएपछि वा उपचार गर्दागर्दै निको नहुने गरी बिग्रन थालेपछि डाक्टर, नर्सहरूको काम सकिने हो ? के त्यसपछि उसलाई उसको अन्तिम श्वाससम्म केयर वा स्याहारको आवश्यकता पर्दैन ? के मेडिकल विज्ञान भनेको रोगलाई हराउनलाई मात्र हो ? हराउन सक्यो भने ूवाह ! नयाँ जीवन दियौँ, नयाँ सफलता पायौँ, अनि रोगले जित्यो भने अब सकिँदैन, घर लगेर जे–जे खान्छु भन्नुहुन्छ, खुवाउनुस्, आफन्तलाई भेट्न दिनुस्, दानधर्म गर्नुस् भन्ने हो ? कहिलेबाट स्वास्थ्यसेवा भनेको बिरामीको पीडा बुझ्ने, कम गर्ने, सजिलो बनाउनेबाट रोगलाई जसरी पनि हराउने भन्नेमा मात्र केन्द्रित भयो ?

– मान्छेको दुखाइ र पीडा भनेको एउटै हो ? वर्षौैंदेखि आफ्ना छोरालाई देख्न नपाएको पीडा कुन औषधिले कम हुन्छ होला ? जिन्दगीमा आफूले गरेका गल्तीहरूको माफी माग्न नपाएको पीडा कुन सुईले हल्का गर्छ होला ? औषधिको गोलीले उसको शरीरको पीडा कम हुन्छ, उसको मानसिक पीडा, आध्यात्मिक पीडालाई कम गर्न सकिँदैन ? के यसमा स्वास्थ्यकर्मी, जो आफूलाई मानव शरीर र मनको ज्ञाता मान्छन्, उनीहरूले केही गर्न सक्दैनन् ? अब केही आशा छैन भनेर छोडिदिने मात्र हो ? उसको परिवारसँग बसेर दुःख–सुख बाँड्ने, आँसु साट्ने वातावरण बनाइदिन सकिँदैन, जसले जान लागेको मान्छेको शरीरको दुःखाइ मात्र होइन, मन र आत्माको पीडा पनि कम होस् ?

– जीवनको अन्तिम क्षण आफ्ना आफन्तको माझमा, आफ्नै घरको आफ्नै बेडमा, शान्त वातावरणमा कुनै टु–टु गरेर कराउने मेसिन, तिनका तारैतारको जालो, जताततै रोपिएका सुईविना बिताउन सकिँदैन ? के त्यसो गर्नु हार मान्नु हो ? के त्यसमा आधुनिक चिकित्साले सहयोग गर्न सक्दैन ? के निको हुने विन्दुबाट अघि पुगेपछि आधुनिक चिकित्साले बिरामीको हात छोडिदिन्छ ?

आधुनिक मेडिकल क्षेत्रले निको हुन नसक्ने बिरामीलाई अस्पतालको ढोकाबाट हात नछोडेर उसको अन्तिम श्वाससम्मलाई सहज बनाउनका लागि काम गर्ने वेला भएन र ? के रोग र मृत्युमाथि केही क्षणको विजयमै आधुनिक चिकित्सा सीमित हो ?

डाक्टर, नर्सहरूबीच सर्वेक्षण गर्दा धेरैले आफ्नो अन्तिम समयमा छाती थिच्ने (सिपिआर गर्ने) काम नगरियोस् भन्ने इच्छा व्यक्त गरेको अनुसन्धानहरूबाट देखिएको छ । डाक्टर, नर्सहरू उमेर पुगिसकेपछि, रोग असाध्य भएपछि आफूलाई पर्दाचाहिँ सिपिआर गर्ने, भेन्टिलेटरमा राख्ने नगरियोस् भन्ने चाहन्छन् भने त्यही कुरा अन्य बिरामीमा भने किन सोच्दैनन् ? सोच्न त सोच्छन्, तर बिरामीको उपचारबारे निर्णय लिने अधिकार बिरामी स्वयंको वा उसका आफन्तको हुन्छ । डाक्टरले बिरामीको अवस्था, उपचार पद्धति, सम्भावनाहरू सकेसम्म बुझाएर भनिदिने हो, काउन्सेलिङ गर्ने हो, तर अन्तिम निर्णय त बिरामी र आफन्तको नै हुन्छ । त्यसैले कतिपय अवस्थामा रोग निको हुने असम्भव प्रायस हुँदा पनि बिरामी अथवा आफन्तको निर्णयका कारण गर्नैपर्ने कानुनी बाध्यता हुन्छ । विरामीका आफन्तले पनि आफ्नो नजिकको मान्छेलाई गुमाएको पीडा आत्मसात् गर्न नसकेर, केही चमत्कारको सानो भए पनि आशा गरेर असम्भव प्रायसस्वरूप उपचार विधिहरू प्रयोग गर्ने निर्णय गरिरहेका हुन्छन् । यो भनेर सिपिआर वा छाती थिचेर मुटु चलाउने, बाहिरबाट श्वास दिने विधि अनावश्यक भन्न खोजिएको होइन, कतिपय अवस्थामा ज्यानै बचाउन आकस्मिक रूपमा गर्नुपर्ने हुन्छ । तर, योलगायत हरेक उपचार विधिका आफ्नै फाइदा, बेफाइदा, सीमितता हुन्छन्, जुन निर्णय गर्नुअघि निर्णय लिने व्यक्तिले बुझ्नु जरुरी हुन्छ ।

माथि उठाइएका प्रश्नहरूको उत्तर सजिलो र एउटै हुँदैनन् । जीवन र मृत्युलाई बुझ्ने हरेकका आफ्नै तरिका हुन्छन् । मृत्युलाई जीवनयात्राकै एउटा अभिन्न भाग मानेर यसलाई स्वीकार गर्दै यो यात्रालाई सहज बनाउनका लागि मेडिकल हिसाबले सहयोग गर्ने आधुनिक चिकित्सा पद्धति हुन्छ, जसलाई ‘पेलिएटिभ मेडिसिन’ भनिन्छ । विकसित देशहरूमा यो क्षेत्रको धेरै विकास भएको छ, बिरामीलाई कसरी सहज महसुस गराउने, निको बनाउन नसकिने रोगहरूमा पनि बिरामीको साथ नछोडी कसरी सजिलो बनाउन सकिन्छ, उनीहरूलाई के–कस्ता अप्ठ्यारा पर्न सक्छन् भनेर त्यहीअनुसारका जनशक्तिहरू हुन्छन् । नेपालमा थोरै मात्रामा क्यान्सरका विरामीले यो सेवा उपयोग गर्ने मौका पाउने भए पनि धेरैजसो बिरामीका लागि अब केही गर्न सकिन्न, घर लैजानुस्, भनेको खान दिनुस्, आफन्त भेट्न दिनुस् भन्ने जवाफमै मेडिकल सेवाको अन्त्य हुन्छ र त्योभन्दा अघिको मृत्युसम्मको यात्रा कष्टकर रूपमा पूरा गर्नुपर्ने हुन्छ ।

आधुनिक मेडिकल क्षेत्रले निको हुन नसक्ने बिरामीलाई अस्पतालको ढोकाबाट हात नछोडेर उसको अन्तिम श्वाससम्मलाई सहज बनाउनका लागि काम गर्ने वेला भएन र ? के रोग र मृत्युमाथि केही क्षणको विजयमै आधुनिक चिकित्सा सीमित हो ? मान्छेलाई अंगहरू, ती अंगका रोगहरू, रिपोर्टहरूको थुप्रोका रूपमा मात्र नहेरेर सम्पूर्ण मान्छेको रूपमा हेर्ने, उसको शरीर मात्र नभई मन, सोचाइ, अध्यात्म, संस्कार सबैलाई समायोजन गर्दै बिरामीको मृत्युसम्मको यात्रा सजिलो पार्ने प्रयास थाल्ने वेला भएन र ? यसको उत्तर सोच्नुअघि आफ्नो आँखाअघि जीवन र मृत्युको सँघारमा पीडामा छट्पटाइरहेका व्यक्तिको मुहार सम्झनुहोला । के उनको पीडा कम गराउनु हाम्रो दायित्व होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय