लुम्बिनी प्रादेशिक अस्पतालमा डाइग्नोस्टिक भवन, १८ करोड लागत

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ डाइग्नोस्टिक भवनको शिलान्यास गरिएको छ । प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालयको १८ करोड लगानीमा भवन बन्न लागेको हो ।भवनको सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा मन्त्री बरालले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखी काम अगाडि बढाएको बताए । उनले अस्पतालको गुरुयोजना बनाउन योजना आयोगका उपाध्यक्ष नेतृत्वको समितिले काम गरिरहेको र दुई महिनाभित्र सुझाब ल्याउने बताए । प्रदेश सरकारको पहलमा अस्पतालले न्युरो र अर्थो सेवासमेत छिट्टै सुरु गर्न लागेको उनले जानकारी गराए । उनले सातादिनभित्र अस्पतालले मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्नेसमेत घोषणा गरे ।

नयाँ डाइग्नोस्टिक भवनका लागि भ्याटबाहेक २२ करोड १७ लाख ४९ हजार ५ सय २२ रुपैयाँ बजेट विनियोजन गरिए पनि टेन्डर प्रक्रियाबाट १७ करोड ८७ लाख ८७ हजार ४ सय ७३ लगातमा सम्झौता भई सुरु गरिएको छ । भवनका लागि डाँफे निर्माण सेवा प्रालिर अस्पतालबीच निर्माण सम्झौता भएको छ । पाँचतले भवनको योजना भए पनि हालका लागि अन्डरग्राउन्ड एक तला र माथि एक तला गरी जम्मा २ तला मात्र निर्माण हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले जानकारी दिए ।

भौतिक पूर्वाधार अभावका कारण कुनाकाप्चा र भर्याङमुनिका कोठामा समेत ल्याबोरेटोरी सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको खनालले बताए । निर्माणाधीन भवनको पहिलो तलामा ल्याब रहनेछ भने दोस्रो तलामा मेडिकल वार्ड रहनेछ । मेडिकल वार्डमा ८० वटासम्म वेड अट्ने खनालले बताए । दुई वर्षभित्र बन्ने डाइग्नोस्टिक भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ । १ सय ९ वर्ष पुरानो अस्पतालको पुरानो भवन जीर्ण बन्दै गएपछि नयाँ भवन बन्न सुरु भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय