१० लाख सहयोगसहित डा. प्रकाशराज रेग्मीले गरे बाथ मुटुरोग अनुसन्धान कोष स्थापना, लक्ष्य करोड

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले विश्व मुटुरोग दिवसको सन्दर्भ पारेर बाथ मुटुरोग अनुसन्धान कोषको स्थापना गरेका छन् । डा. रेग्मीले बाथ मुटुरोगको अध्ययन–अनुसन्धान र रोकथाममा सहयोग पुर्याउने उद्देश्यका साथ कोष स्थापना गरेका हुन् ।

‘नेपाल सरकार मुटुरोग लागिसकेपछि उपचारमा केन्द्रित भए पनि रोकथाम र अनुसन्धानमा त्यति पहल भएको छैन,’ डा. रेग्मीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘नेपालमा बाथ मुटुरोगको समस्या धेरै छ, यसको रोकथाम पहिलो आवश्यकता हो ।’

बाथ मुटुरोग अनुसन्धान तथा रोकथाम अक्षयकोषमा डा. रेग्मीले आफ्नोतर्फबाट १० लाख रुपैयाँ डोनेसन दिएपछि अन्य ४–५ जनाको सहयोगमा कोषमा १५ लाख पुगिसकेको रेग्मीले बताए ।

उक्त कोषको आकार ३ वर्षभित्रमा २५ लाख र १० वर्षभित्रमा १ करोड पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए । कोषमा जम्मा भएको रकम स्कुल–स्कुलमा गएर विद्यार्थीमा बाथ मुटुरोगको चेकजाँच तथा अनुसन्धान गर्ने र रोकथाममा लागेका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्नमा खर्च गर्ने योजना डा. रेग्मीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय