औषधि व्यवस्था महानिर्देशक सरुवामा स्वास्थ्य मन्त्रालयको ‘गाइजात्रा’ : पहिला काज तानेर बल्ल हाजिर हुन जाने पत्र

उपप्रधान एवं स्वस्थ्यमन्त्री उपेन्द्र यादवले अदालतको आदेश कार्यन्वयनमा नजादै औषधि व्यवस्था विभागका महानिर्देशकलाई पुनः मन्त्रालयमा तानेको पाइएको छ ।पदस्थापन गर्ने क्रममा जुनियरलाई महानिर्देशकको जिम्मेवारी दिएर मातहतको निकायमा पदस्थापन गरेर अन्याय गरेको भन्दै अदालत गएका महानिर्देशक नारायण ढकाललाई् आदेशअनुसार हाजिर नै नगराई मन्त्रालय तान्ने निर्णय गरेको पाइएको छ ।

असार १३ मा असारमा पदस्थापन गर्ने क्रममा ढकाललाई औषधि प्रयोगशालाकाको प्रमुखमा पदस्थापन गरेर विभागमा पानबहादुर क्षेत्रीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए । सोलगतै ढकाल अदालत गएपछि अदालतले २१ साउनमा पदस्थापनको निर्णय कार्यान्वयन नगर्नु भनि आदेश दिएको थियो । लामो समयसम्म ढकाललाई आदेशअनुसार हाजिर गराउँने प्रक्रिया नगराई बीचमै मन्त्रालय तानेको तथ्य भेटिएको हो ।

पछिल्लोपटक असोज ५ मा मन्त्रालयलजे ढकाललाई विभागमा हाजिर हुन जानु भन्ने पत्र दिएको थियो । पत्रपाएपछि विभागमा गएर नियमित काम थालेका ढकालले १० गते मन्त्रालय तानिएको पत्र पाएका थिए । ‘असोज ५ मा बल्ल हाजिर हुन जानु भन्ने पत्र पाएको छ, २४ भदौमै मन्त्रालय तनिएको भन्ने अर्कोपत्र १० गते पाएँ,’ ढकालले भने ।

साउन २१ मा अदालतले पुरानो पदस्थापन नमानेपछि उनले अदालतको आदेशअनुसार हाजिर हुने पत्र दिन बारबार आग्रह गरेका थिए । तर बीचमा ढकाललाई पत्र नदिएपनि मन्त्रालयले अदालतको ‘मानहानीबाट जोगिन’ बीचमै हाजिर गराउँने निर्णय गरेर पत्र नदिई बीचमै मन्त्रालयमा काज तानेको देखिन्छ ।

विदेशीगरी केही भारतीय औषधि कम्पनीलाई औषधि आयतको अनुमति दिने क्रममा आफूले भनेका कम्पनी नपर्ने देखेपछि ढकालसँग मन्त्री यादव चिठिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ढकाललाई सरुवा गरेसँगै नयाँ टिमबाट मन्त्रीले २३ भारतीय उद्योगलाई औषधि आयतका अनुमति दिलाइसकेका छन् ।

One thought on “औषधि व्यवस्था महानिर्देशक सरुवामा स्वास्थ्य मन्त्रालयको ‘गाइजात्रा’ : पहिला काज तानेर बल्ल हाजिर हुन जाने पत्र

  1. mantri yadav is not eligible minister in ministry of health; there should be minister from health sector then only there will be upliftment and prosperity in that particular sector in our country; government needs to recruit more higher level posts from health sector instead of political ones in particular!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय