स्वास्थ्य सेवा विभागले भन्यो– डेंगु नियन्त्रणमा विषादी प्रयोग प्रभावहीन छ, रोक्नू

स्वास्थ्य सेवा विभागले देशभर डेंगु रोग संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा विषादीको प्रयोग अत्यधिक भएको भन्दै रोक्न सचेत गराएको छ । विभागले आइतबार पत्रमार्फत विभिन्न जिल्लामा कालाजार र औलो रोकथामका लागि पठाएको विषादीसमेत जथाभावी प्रयोग भइरहेको भन्दै रोक्न यस्तो परिपत्र गरेको हो ।

विभागका महानिर्देशक डा. रोशन पोखरेलले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा सरकराले उपलब्ध गराएको विषादी औलो र कालाजारको उच्च जोखिम भएको क्षेत्रमा घर तथा कटेराभित्र छर्कने प्रयोजनका लागि भएको जनाएको छ ।

विभागले डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सबैभन्दा प्रभावकारी विधि भनेको लामखुट्टेको वृद्धिविकास हुने वासस्थानको खोजी गरी लार्भा नष्ट गर्नु भएको समेत सचेत गराएको छ । विभागले राष्ट्रियस्तरमा अवलम्बन गरिएको खोज र नष्ट गर अभियानलाई निरन्तरता दिन र विषादी प्रयोग रोक्न आग्रह गरेको छ ।

अहिले डेंगु नियन्त्रणका नाममा नेतादेखि सांसद्समेत फगिङ (विषादीयुक्त धुवाँ) उडाउन लागिपरेका छन् ।  ठूला लामखुट्टे मार्न सक्ने यो विधिबाट लार्भालाई फरक नपर्ने भएकोले प्रभावहीन हुनुका साथै वातावरणीय र मानव स्वास्थ्यका हिसाबले समेत हानिकारक भएको भन्दै विज्ञहरुले रोक्न आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय