नर्सको काउन्सिलमा नामदर्ता परीक्षा ३० कात्तिकमा, ९ कात्तिकसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने

हेल्थपोस्ट
प्रकाशित
२०७६ असोज ५ गते १४:३५

नेपाल नर्सिङ परिषद्ले परिषद्मा नाम दर्ता प्रमाणपत्र परीक्षा ३० कात्तिक (शनिबार) का लागि तय गरेको छ । परिषद्ले सूचना जारी गर्दै परीक्षाको मिति निर्धारण गरेको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीले ९ असोजदेखि ९ कात्तिकसम्म अनलाइन आवेदन दिइसक्नुपर्ने जनाएको छ । बिएएस्सी नर्सिङ वा प्रवीणता प्रमाणपत्र तह (पिसिएल) नर्सिङ उत्तीर्ण विद्यार्थीले काउन्सिलको दर्ता प्रमाणपत्रमा सहभागी हुन पाउनेछन् ।

निर्धारित मितिमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर बुझाई १५ कात्तिकसम्म आवेदन दिन सक्ने परिषद्को सूचनामा उल्लेख छ । नाम दर्ता परीक्षा उत्तीर्ण गरेपछि मात्र नर्स स्वास्थ्यसेवा प्रदान गर्न योग्य मानिन्छन् ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले exam.nnc.org.np मा गई दिइएको सूचनाबमोजिम आवेदन दिन सक्नेछन् । काउन्सिलले अनलाइनबाहेक अन्य माध्यमबाट दिइएको आवेदन फारम स्वीकार नगर्ने जनाएको छ ।

नर्सको यसअघिका लाइसेन्सिङ परीक्षाको नतिजा सन्तोषजनक हुन सकेको छैन । परीक्षामा सहभागी नर्समध्ये ठूलो संख्यामा अनुत्तीर्ण हुँदै आएका छन् । यद्यपि, हालसम्म नर्सिङ परिषद्मा करिब ९० हजार नर्सले नाम दर्ता गराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय