मेडिकल कलेजको अवैध असुलीविरुद्ध शनिबार सोलिडारिटी फर डा.केसी अलाइन्सको माइतीघरमा प्रदर्शन
सरकारले तोकेभन्दा बढी शुल्क असुली गर्ने मेडिकल कलेजविरुद्ध विद्यार्थीले जारी राखेको आन्दोलनको समर्थनमा डा. केसी सोलिडारेटी अलाइन्सले शनिबार प्रदर्शन गर्ने भएको छ । ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने प्रदर्शन वानेश्वर पुगेर सभामा परिणत हुने र सभालाई विभिन्न अभियन्ताले संवोधन गर्ने कार्यक्रम रहेको संयोजक प्रितम सुवेदीले जानकारी दिए । यसबीचमा विद्यार्थीहरुले चितवन र पोखरामा प्रदर्शन गरिरहेका छन् ।