भेरी अस्पतालमा शिशुमृत्युदर घटाउन आधुनिक उपकरणबाट गुणस्तरीय सेवा, ‘सुसार’ कार्यक्रम लागू गरिँदै

भेरी अस्पताल नेपालगन्जमा शिशुलाई बचाउन आधुनिक उपकरणमार्फत गुणस्तरीय सेवाको थालनी हुने भएको छ । गोल्डेन कम्युनिटी नामक संस्थाले अस्पतालमा यस्तो सेवा सुरु गर्न लागेको हो । नेपालगन्जमा सञ्चारकर्मी र चिकित्सकबीच अन्तरक्रिया कार्यक्रममार्फत आयोजक संस्थाले सेवा सरु गर्न लागेको जानकारी गराएको हो । मातृ तथा शिशुमृत्युदर घटाएर गुणस्तरीय सेवाप्रवाह कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न तथा अस्पतालमा सुरु गर्न लागिएको सेवाबारे जानकारी दिन अन्तरक्रियाको आयोजना गरिएको हो ।

नेपालमा हरेक वर्ष ११ हजार शिशु मृत अवस्थामा जन्मने तथा करिब १३ हजार नवजातशिशुको मृत्यु जन्मेको एक महिना नपुग्दै हुने गरेको तथ्यांक छ । मृत्यु हुनेमध्ये ५० प्रतिशत प्रसव अवधिमा हुने गरेको पाइएको छ ।

नेपालमा हरेक वर्ष ११ हजार शिशु मृत अवस्थामा जन्मने तथा करिब १३ हजार नवजातशिशुको मृत्यु जन्मेको एक महिना नपुग्दै हुने गरेको तथ्यांक छ । मृत्यु हुनेमध्ये ५० प्रतिशत प्रसव अवधिमा हुने गरेको पाइएको छ ।

मृत्युदर घटाउन ‘सुसार’ कार्यक्रम
भेरी अस्पतालको तथ्यांकअनुसार प्रतिहजार जीवित जन्ममा २४ शिशुको मृत्यु अस्पतालबाट बिदा नहुँदै हुने गरेको छ । यसको मुख्य कारण जनचेतनाको कमी, कम उमेरमा विवाह तथा प्रसव अवस्थामा गुणस्तरीय स्याहार अभाव रहेको भेरी अस्पतालकी नर्सिङ प्रमुख ईश्वरी केसीले जानकारी गराइन् । शिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यसंस्थामा शिशुलाई दिइने सेवाको गुणस्तरमा अभिवृद्धि गर्नु अति आवश्यक रहेको उनले बताइन् । अत्यधिक संख्यामा प्रसूति हुने भेरी अस्पतालमा गर्भावस्था, प्रसव तथा प्रसूति सेवाको गुणस्तर सुधारका लागि सुसार कार्यक्रम उपयोगी हुने उनको भनाइ छ ।

सुसार कार्यक्रम लागू भएका अस्पतालहरूमा नवजात शिशुको मुटुको धडकनजाँचका लागि नियोविट, भ्रुणको मुटुको धडकनजाँचका लागि मोयो तथा जन्मँदा श्वास फेर्न नसकेको नवजात शिशुलाई कृत्रिम श्वास–प्रश्वास गराउन ब्याग मास्कजस्ता आधुनिक उपकरण आवश्यक मात्रामा वितरण गरिनेछ ।

सुसार कार्यक्रमअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको अगुवाइमा अस्पतालमा प्रसूति वार्डका स्वास्थ्यकर्मीलाई हेल्पिङ बेबी सर्भिससम्बन्धी तालिम प्रदानसमेत गरिएको आयोजक गोल्डेन कम्युनिटीकी कार्यक्रम प्रबन्धक रेजिना गुरुङले बताइन् । उनका अनुसार सुसार कार्यक्रम लागू भएका अस्पतालहरूमा नवजात शिशुको मुटुको धडकनजाँचका लागि नियोविट, भ्रुणको मुटुको धडकनजाँचका लागि मोयो तथा जन्मँदा श्वास फेर्न नसकेको नवजात शिशुलाई कृत्रिम श्वास–प्रश्वास गराउन ब्याग मास्कजस्ता आधुनिक उपकरण आवश्यक मात्रामा वितरण गरिनेछ ।

शिशु स्वास्थ्यको गुणस्तर अभिवृद्धि गर्ने कार्य देशका विभिन्न ८ वटा अस्पतालमा लागू हुने आयोजक संस्थाले जानकारी गराएको छ । कार्यक्रमका लागि ग्रान्ड च्यालेन्ज्स क्यानडाको आर्थिक सहयोग तथा प्राविधिक सहयोग रहेको छ भने आधुनिक उपकरणको सहयोग अन्तर्राष्ट्रिय संस्था ल्यान्डरल हेल्पिङ सेभ लाइभ्जले गरेको आयोजक गोल्डेन कम्युनिटीले जनाएको छ ।

कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारी, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू, भेरी अस्पतालका चिकित्सक, पत्रकार, आयोजक संस्था गोल्डेन कम्युनिटीका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय