स्टार हस्पिटलले चाडबाड लक्षित वृहत स्वास्थ्य शिविर गर्ने

स्टार हस्पिटल सानेपा, ललितपुरले नेपालीहरुको घर आँगनमा आउँदै गरेको महान चाडलाई लक्षित गरी हस्पिटलमा असोज १ देखि १५ गतेसम्म वृहत निःशुल्क स्वास्थ्य परामर्श शिविरको घोषणा गरेको छ ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन, मधुमेह, थाईरोईड तथा हार्मोन रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, स्त्री तथा प्रसुती रोग, न्यूरो फिजिसियन तथा सर्जरी र हाडजोर्नी तथा नशा रोगसम्बन्धी सेवा उपलब्ध अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविरमा अस्पतालले आवश्यक ल्याब परिक्षण, भर्ना शुल्क र शल्यक्रियागायतका सेवाहरुमा ५०% छुटका साथै औषधीमा १०% छुट प्रदान गर्ने अस्पतालले जनाएको छ । नयाँ व्यवस्थापसहित पूर्णकालीन चिकित्सकसहित १२ घण्टे ओपिडी र २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय