व्यापक जनसहभागितामा संविधान दिवस मनाउने मन्त्रालयको प्रयास, २ असोजमा देशभर निःशुल्क ओपिडीसेवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संविधान दिवसको अवसर पारेर २ असोजका दिन मुलुकभरका सरकारी अस्पतालमा ओपिडीसेवा निःशुल्क दिने निर्णय गरेको छ । सरकारले ३ असोजमा पर्ने संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा भव्यताका साथ मनाउने तयारी गरिरहँदा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपालमा पहिलोपटक वि.सं. २००४ मा लिखित संविधान लागू भएको थियो । त्यसयता ७ दशकको अवधिमा मुलुकले ७ वटै संविधान पाएको छ । चरम राजनीतिक अस्थिरताका कारण मुलुकमा सरकार मात्र नभई औसत प्रत्येक दशकजसो शासन व्यवस्था नै परिवर्तन हुने चगुँलमा देश फस्दा पटक–पटक संविधान असफल हुँदै आएका छन् । यसले मुलुकलाई विकासमा निकै पछि धकेलेको छ । विकासमा लाग्नुपर्ने समय राजनीतिक अधिकारका लागि लड्नमै खर्च हुँदा नजस्वास्थ्यको पाटो पनि निकै कमजोर अवस्थामै रहन पुगेको छ ।

पछिल्लोपटक भने मुलुकमा संघीय प्रणालीसहित गणतन्त्रको स्थापनासँगै पहिलोपटक जननिर्वाचित प्रतिनिधिको संविधानसभाले निर्माण गरेको संविधान देशले पाएको छ । लामो संघर्ष र बलिदानपछि प्राप्त जननिर्वाचित संविधानसभाबाट निर्मित संविधान भएकाले यसलाई चिरकालसम्म सफल तुल्याउनु मुलुकको विकासका लागि अति आवश्यक छ । त्यसैले सरकारले संविधान दिवसलाई विशेष महत्त्व र व्यापक जनसहभागिताका साथ राष्ट्रिय पर्वका रूपमा मनाउन लागेको हो । यसक्रममा स्वास्थ्य मन्त्रालयले निःशुल्क स्वास्थ्यसेवा उपलब्ध गराएर संविधान दिवसलाई पर्वका रूपमा मनाउन जनसहभागिता बढाउने प्रयास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय