आइओएमको एमबिबिएसलगायत स्नातक तहका प्रवेश परीक्षा ३, ५, ६ र ७ असोजका लागि तय

सर्वोच्चको आदेशमा यसअघि स्थगित चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरिएको छ । सोमबार आइओएम परीक्षा नियन्त्रण महाशाखाले सार्वजनिक गरेको नयाँ रुटिनअनुसार पूर्वघोषित प्रवेश परीक्षा अब ३, ५, ६ र ७ असोजमा सञ्चालन हुनेछन् । त्यसमध्ये पहिलो दिन ३ असोजमा एमबिबिएसको परीक्षा तोकिएको छ ।

२० भदौमा परीक्षा रोक्न जारी गरिएको अन्तरिम आदेशलाई आइतबार सर्वोच्चले सर्वोच्चले निरन्तरता नदिएपछि परीक्षा सञ्चालनका लागि बाटो खुलेको थियो । आदलतको आदेशपछि सोमबार बसेको आइओएमको बैठकले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आइओएमको प्रवेश परीक्षाका लागि करिब २० हजार विद्यार्थीले आवेदन दिएका छन् । यसअघि राष्ट्रिय चिकित्साशिक्षा ऐनका ७५ प्रतिशत छात्रवृत्तिलगायत प्रावधानको कार्यान्वयन नगरी प्रवेश परीक्षा सञ्चालन गर्न लागिएकाले त्यसलाई रोक्न आयुस ओझाले सर्वोच्चमा रिटनिवेदन दायर गरेका थिए । उनको रिटमाथिको प्र्रारम्भिक सुनुवाइमा सर्वोच्चले २१ भदौदेखि तोकिएको प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशलगत्तै आइओएमले प्रवेश परीक्षा स्थगित गरेको थियो ।

हेर्नुहोस्, प्रवेश परीक्षाको रुटिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय