डेंगुको प्रकोप : अनुसन्धान कि कार्यक्रमको आवश्यकता ?

नेपालमा अहिले डेंगुको महामारी फैलिएको छ । डेंगु नेपालका लागि नयाँ समस्या हो । पहिला सन् २००६ मा चितवनमा सुरु भएकोमा हाल सरकारी तथ्यांक हेर्दा नेपालका ५६ भन्दा बढी जिल्लामा फैलिएको अवस्था छ । यसले पनि के देखाउँछ भने धेरै द्रुत गतिमा तल (तराई) बाट माथिल्लो (पहाडी) भागमा फैलिएको छ ।

हाल डेंगु फैलावटको जुन स्थिति देखापरेको छ, त्यो हाम्रो केही वर्षअघिको अनुसन्धानले नै देखाइसकेको कुरा हो । सुरुमा तराईका ५ वटा जिल्लामा देखिए पनि सन् २०१० मा काठमाडौं उपत्यकामा पनि डेंगु भाइरस सार्ने एडिस एजेप्टाई लामखुट्टे भटिएको थियो । भोलिका दिनमा डेंगुको प्रकोप कहाँसम्म फैलिन सक्छ भनेर हामीले वीरगन्जदेखि पहिल्याउँदै रसुवाको धुन्चेसम्म अध्ययन गरेका थियौँ । सन् २०१२ मा ६ महिना लगाएर यो अध्ययन गरिएको थियो । अध्ययनले डेंगु सार्ने लामखुट्टे लगभग २ हजार १ सय मिटरको उचाइसम्म फैलिन सक्ने देखाएको थियो । अध्ययनका क्रममा उल्लेखित उचाइमा डेंगु संक्रामक लामखुट्टेका एडल, लार्भा र फुल पनि फेला परेका थिए ।

हामीले अध्ययनको रिपोर्टमा टायर, गमला, प्लास्टिक, फोहोरमैला आदिमा डेंगु फैलिन सक्ने सम्भावनालाई प्रस्टसँग देखाएका थियौँ । अनुसन्धानको रिपोर्ट हामीले तत्कालीन समयमा प्रस्तुत पनि गर्यौँ । हाम्रो अनुसन्धानको रिपोर्टअनुसार अन्य देशले पनि आफ्नो बानी–व्यवहारमा परिर्वतन गरेका थिए । नेपालमा डेंगुको भयावह अवस्था आउँछ, डेंगु रोकथामका कुनै कार्यक्रम छैनन्, अब प्रभावकारी कार्यक्रम सञ्चालन हुनु जरुरी छ भनेर सन् हामीले २०१२ मै सरकारलाई अनुसन्धानको निष्कर्ष पेस गरका थियौँ ।

हाम्रो अनुसन्धानको रिपोर्टअनुसार अन्य देशले पनि आफ्नो बानी–व्यवहारमा परिर्वतन गरेका थिए । नेपालमा डेंगुको भयावह अवस्था आउँछ, डेंगु रोकथामका कुनै कार्यक्रम छैनन्, अब प्रभावकारी कार्यक्रम सञ्चालन हुनु जरुरी छ भनेर सन् हामीले २०१२ मै सरकारलाई अनुसन्धानको निष्कर्ष पेस गरका थियौँ ।

हाल मलेरियामा राम्रो कार्यक्रम छ । ग्लोबल फन्डबाट पनि रकम आउने गरेको छ । तर, डेंगु रोगका लागि छुट्टै अनुसन्धान, कार्यक्रमका लागि रकम छुट्याइएको छैन ।  सन् २०१० मा महामारी भएर नै ५ जनाको मृत्यु भएको थियो । तर, हाल संक्रमितको संख्या बढ्दोक्रममा छ । २ हजार १ सय मिटरसम्म डेंगु संक्रामक लामखुट्टे पुगेको छ । त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कार्यक्रमको खाँचो छ । यसका लागि जनसहभागिता अपरिहार्य छ, जुन हालको सन्दर्भमा निकै कमजोर भइरहेको छ । प्रत्येक व्यक्तिले आफ्नो घरभित्र र वरपर लामखुट्टेको वासस्थान नष्ट गर्ने गर्यो भने अधिकांश समस्या हल हुन्छ ।

जो मानिस डेंगुको संक्रमणमा हुनुहुन्छ, उहाँहरू घरमा आराम गरेर बसेमा डेंगु निको हुन्छ । धेरै नै जटिल केसमा भर्ना गरेर अस्पताल बस्नुपर्ने हुन्छ । तर, हाल कस्तो अवस्था आयो भने डेंगु संक्रमण भएको मानिस सबै अस्पताल नै बस्नुपर्छ सोच देखियो । जुन, सन्देशलाई हामीले चिर्नु आवश्यक छ ।

नियन्त्रणका लागि पहिलो कुरो त जनसहभागिता व्यापक बनाउनुपर्यो । लामखुट्टेको वासस्थान नष्ट गर्नुपर्यो र डेंगु हुँदैमा अस्पतालमा भर्ना भएरै उपचार गर्नुपर्छ भन्ने सोच हटाउनुपर्यो । धेरै मिडियाबाट पनि संख्यालाई मात्र महत्त्वपूर्ण मानेर समाचार सम्प्रेषण भइरहेका छन् । तर, त्यभन्दा बढी मानिसको व्यवहार परिर्वतनबारे जानकारीमूलक सामग्रीको आवश्यकता छ ।

नियन्त्रणका लागि पहिलो कुरो त जनसहभागिता व्यापक बनाउनुपर्यो । लामखुट्टेको वासस्थान नष्ट गर्नुपर्यो र डेंगु हुँदैमा अस्पतालमा भर्ना भएरै उपचार गर्नुपर्छ भन्ने सोच हटाउनुपर्यो । धेरै मिडियाबाट पनि संख्यालाई मात्र महत्त्वपूर्ण मानेर समाचार सम्प्रेषण भइरहेका छन् । तर, त्यभन्दा बढी मानिसको व्यवहार परिर्वतनबारे जानकारीमूलक सामग्रीको आवश्यकता छ ।

जलवायु परिर्वतनदेखि अन्य कारणले गर्दा उच्च भूभागमा तापक्रम बढिरहेको छ भने वर्षाको दरमा समेत परिवर्तन भइरहेको छ । फोहोरमैलाको उचित व्यवस्थापन नहुनु, गाडीका टायरहरू जथाभावी फालिनु, घरमा गमलाको प्रयोग बढिरहँदा लामखुट्टेले कति फुल पारेको छ र कसरी रोकथाम गर्ने भन्ने ज्ञानको अभाव हुनु, गमलाको पानी बारम्बार परिवर्तन गर्नुपर्छ भने ज्ञानको अभाव हुनुलगायतले समस्या भइरहेको छ । हाल डेंगु फैलिनुमा यी विषय प्रमुख कारण बनिरहेका छन् । यसलाई कम गर्ने भनेको लामखुट्टेले जहाँ फुल पार्छ, त्यसलाई नष्ट गर्ने नै हो । त्यसका लागि स्थानीय सरकार, नगरपालिका र व्यक्ति आफैँ सजग भएर घर–घरबाट सरसफाइ तथा ‘खोज तथा नष्ट गर अभियान’ सुरु गर्नु आवश्यक छ । अनुसन्धानले देखाएका सबै ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

हाम्रो समाजमा अझै पनि गतल बुझाइहरू कायमै छन् । सुत्नेवेलामा झुल प्रयोग गरेमा सुरक्षित भइहालिन्छ भन्ने सोच छ । डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने गर्छ । तर, दिउँसो मानिसले त्यति ध्यान दिएको हुँदैन । पहिलेको अनुसन्धानले के देखाएको छ कि, डेंगुबारे धेरै मानिसले सुनेका छन्, तर कसरी त्यसबाट बच्ने भन्नेबारे थाहा छैन । यो जानकारी सबैमा पुर्याउनु आवश्यक छ ।

One thought on “डेंगुको प्रकोप : अनुसन्धान कि कार्यक्रमको आवश्यकता ?

  1. Good news article.

    There is need to take research based decision and make the research based policy, programs . That are absolutely lacking in country. Needs to develop culture of promoting research and use the research findings timely manner in nation building sustainably.

Leave a Reply to Ram Charitra Sah Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय