‘पत्रकार हुँ’ भन्दै समय लिएर आइओएम डिनमाथि जघन्य दुर्व्यवहार

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई एक विद्यार्थीले कालोमोसो दलेका छन् ।

नेपाल टाइम्सका लागि अन्तर्वार्ता लिन भन्दै आइतबार २ बजेका लागि समय लिएका एक युवाले केहीबेर कुराकानी गरेर काम गरिरहेकै कक्षमा डा. अग्रवालमाथि कालोमसी दलेर भागेका छन् ।

घटनाको केहीबेरमा प्रहरी पुगेर सिसिटिभी फुटेजलगायतको सहयोगमा अभियुक्तको पहिचान तथा खोजी गरिरहेको जनाएको छ । डा. गोबिन्द केसीको अनशन र मागअनुसार वरिष्ठताका आधारमा डिन भएदेखि नै डा. अग्रवालप्रति सत्तारुढ नेकपानिकट प्राध्यापक, विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा क्याम्पस महाराजगन्जसमेत असहिष्णु र आक्रामक बन्दै आएको छ ।

स्ववियूले सामान्य निउँमा डा. अग्रवालको कार्यकक्षमा पटक–पटक तालाबन्दी गर्दै आएको छ । पछिल्लो घटना स्ववियूनिकट विद्यार्थीकै संरक्षण र संलग्नतामा भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

आइओएम  डिन कार्यालयमा दुई सातादेखि तालाबन्दी कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय