नर्सिङ परिषद्मा शाह, सुवेदी र बराल निर्वाचित

नेपाल नर्सिङ परिषद्को रिक्त तीन सदस्यमा डा. तारा शाह, कृष्णकुमारी सुवेदी र जिता बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार निर्वाचित तीन मध्ये शाहले १४९१, सुवेदीले १२१२५७र बरालले १२१६ मत प्राप्त गरेका थिए ।

तीन पदका लागि ८ जना मैदानमा थिए । विधानत नर्सिङ संघका सदस्यता लिएका नर्सले मात्रै काउन्सिलको मतदानमा भाग लिन पाउने व्यवस्था छ । करिब १३ हजार मतदाता रहेको काउन्सिलमा २५ प्रतिशत मात्रै मत खरेको थियो । देशभरका १४ स्थानमा भएको निर्वाचनमा सबैभन्दा बढी काठमाडौंमा ९ सय ७२ र सबैभन्दा कम धनकुटामा ९ मत खसेको थियो ।

१४ मतदान केन्द्र धनकुटा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौं, पोखरा, पाल्पा, बुटबल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढी निर्वाचन केन्द्रमा तोकिएको थियो । निर्वाचनमा निर्वाचित तीनसहित सरला केसी, मित्रकुमारी देवकोटा, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । काउन्सिलमा अनमी करिव ९० हजार नर्स दर्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय