परासीको पृथ्वीचन्द्रमा डेन्टल र फिजियोथेरापी सेवा

कृष्ण मल्ल
प्रकाशित
२०७६ भदौ २९ गते ११:०६

एक बर्ष देखि निरन्तर सेवा विस्तारमा लागेको जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा दुई वटा सेवा थपिने भएको छ । अस्पताल स्तरोन्नती भई ५० शैया भए पछि निरन्तर सेवा थपिदै आएको छ । अस्पतालमा अहिले दाँत (डेण्टल) सेवा र फिजियो थेरापी सेवा थपिने अस्पताल विकास समितिका अध्यक्ष शिवशंकर प्रसाद रायले जानकारी दिए । अस्पतालले दिदै आएको प्रस्रुती, आकस्मिक, बहिरंग सेवा प्रभावकारी बन्दै गएपछि दुई सेवा थपिने भएको हो । सेवा थपिएपछि जिल्लाका विरामी मात्रै नभई छिमेकी देश भारत र छिमेकी जिल्ला रुपन्देहीबाट पनि विरामीले सेवा लिने देखिएको उनको भनाई छ । प्रदेश सरकार मातहतमा अहिले पृथ्वीचन्द अस्पताल छ । सरकारले दरबन्दी अनुसारको सेवाका लागि काम गर्न अस्पताललाई जिम्मेवारी सुम्पिसकेको अध्यक्ष रायले बताए ।

प्रदेश सरकारले दरबन्दी अनुसारका चिकित्सकहरुको पदपुर्ति नभएसम्मका लागि अस्पतालले नै करार सेवामा भर्ना गरि सेवा सुचारु गर्न अख्तियारी पठाए पछि करार सेवामा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको भर्ना खुलाइएको अस्पतालका प्रबन्धक सिबि अधिकारीले जानकारी गराए । विशेषज्ञ सेवामा मानसिक रोग विशेषज्ञको रुपमा हालै अस्पतालमा कायम मुकायम प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (प्रमेसु) डा.सुरज तिवारी आएपछि उक्त विशेषज्ञ सेवा शुरु भएको छ । कर्मचारी, स्वास्थ्यकमी तथा विशेषज्ञ सेवाका लागि भर्नाका लागि विज्ञापन समेत गरि सकेको हुदा दुई साता पछि सबै कर्मचारीको पदपुर्ति हुने र अस्पतालमा सेवा थपिने प्रबन्धक अधिकारीले बताए ।

अस्पताल प्रशासन तथा ब्यवस्थापनले विस्तारित हुने सेवाका लागि आवश्यक उपकरण, पुर्वाधार व्यवस्थापना जोड दिएको छ । केही भौतिक पुर्वाधारको अभाव देखिए पनि कसरी त्यसको ब्यवस्थापन गर्नेबारे निरन्तर प्रयास भई रहेको उनले जनाए । थपिएका फिजियोथेरापी सेवा र दन्त सेवाका लागि पनि आवश्यक उपकरण,औजार तथा कक्षको तयारीमा जुटेका छौ,उनले भने, अस्पतालबाट अब गुणस्तरिय सेवा प्रवाह गरिने छ । उनका अनुसार अस्पतालमा रितm रहेको दरबन्दीमा पदपुर्तिका लागि ३५ जना चिकित्सक तथा कर्मचारीका लागि भर्ना खुलाईएको छ । युनिसेफले गत बर्ष प्रदान गरेको एनआईसी उपकरण चिकित्सक अभावमा प्रयोग विहिन रहेकोमा भर्ना पछि बालबालिकाका लागि एनआईसियु सेवा समेत सुचारु हुने अस्पतालको भनाई छ ।

प्रदेश सरकारले यस अगावै अस्पतालमा एम्बुलेन्स प्रदान गरिनुका साथै अस्पतालमा सुविधासम्पन्न फ्रिज सहितको पोष्ट मार्टम भवन निर्माण गराई सकेको छ । त्यसैगरि अस्पतालमा स्वास्थ्य सहायक एचए र स्टाफ नर्सको अध्ययन अध्यापनका लागि पनि सिटिइभिटीमा फाईल पेश गरि प्रक्रियामा रहेको हुदा निकट भविष्यमा पृथ्वी चन्द्र अस्पताल एक शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय