न्याम्समा सरकारी चिकित्सकलाई आरक्षणप्रति गैरसरकारी चिकित्सक संघको आपत्ति, १ असोजमा भेला

गैरसरकारी चिकित्सक संघ नेपालले चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सरकारी चिकित्सकलाई दिएको आरक्षणप्रति आपत्ति जनाएको छ । न्याम्सले संविधानले नागरिकलाई प्रदान गरेको समताको हकको प्रतिकूल हुने गरी एमडी/एमएस अध्ययनमा कुनै एक समूहलाई आरक्षण दिएको जनाउँदै गैरसरकारी चिकित्सक संघले त्यसको भत्र्सना गरेको हो ।

न्याम्सले एमडी/एमएसका लागि खुलाएको आवेदनको द्रष्टव्य १ ले ८० प्रतिशत चिकित्सकलाई पढ्नबाट वञ्चित गरेको संघको भनाइ छ । ‘चिकित्साजस्तो पेसामा कुनै एक समूहलाई १०० प्रतिशत आरक्षण दिनुले राज्यको स्वास्थ्य नीतिसमेतमा प्रश्नचिह्न खडा हुन्छ,’ संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्याम्सको विभेदकारी आरक्षणबारे छलफल गर्न भन्दै संघले १ असोजका लागि किस्ट मेडिकल कलेजमा गैरसरकारी चिकित्सकको भेला बोलाएको छ । उक्त छलफललाई प्रभावकारी बनाउन २६ भदौमा संघ र अभियानकर्ताको संयुक्त, भेलामार्फत ननलोकसेवा अभियानकर्ताका तर्फबाट ५ सदस्यीय समितिसमेत गठन गरेको संघले जनाएको छ ।

विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय