चिकित्साशिक्षा आयोगको प्रथम उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा श्रीकृष्ण गिरीलाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले गिरीलाई ४ वर्षका लागि कार्यकारी उपाध्यक्ष नियुक्त गरेको हो ।

डा. गोविन्द केसीको असन्तुष्टीबीचमा सरकारले गत पुसमा जारी गरेको चिकित्साशिक्षा ऐनअनुसार आयोगमा उपाध्यक्ष नै सबैभन्दा ठूलो कार्यकारी पद हो । यसबीचमा आयोगको उपाध्यक्ष छनोटका लागि ऐनअनुसार गठित लोकसेवा आयोगको अध्यक्ष संयोजक रहने समितिको सिफारिसमा तेस्रो नम्बरमा रहेका गिरीलाई सोमबार नियुक्ती गरिएको हो ।

गिरीसँगै प्रा.डा सुरेन्द्र शेरचन र प्रा.डा शम्भुकुमार पहारीलाई सिफारिस भएका थिए । तीनै जनाको योग्यता उपाध्यक्षका लागि अनुपयुक्त रहेको भन्दै विवाद उत्पन्न भएपनि सरकारले गिरीलाई अवसर दिएको हो । हाडजोर्नी रोग विशेषज्ञ गिरी चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान न्याम्सका पूर्व रेक्टरसमेत थिए । उपाध्यक्ष नियुक्तीका लागि सरकारले नाम चलेका चिकित्सा शिक्षाविदसँग परामर्श गरेपनि उनीहरुले चासो नदिएपछि गिरीको नामम अगाडि आएको थियो ।

सिफारिसका लागि समितिले सुरुमा आवेदन आह्वान गरेर पनि आवेदकको आवेदन रद्दगरी पुनः आवेदन आह्वान गर्दै गत साउन २८ र २९ गते अन्तर्वार्ता प्रस्तुतीकरणपछि तीन जनाको नाम सिफारिस गरेको थियो ।

2 thoughts on “चिकित्साशिक्षा आयोगको प्रथम उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

  1. Appointment of political figure Dr Giri in such a challenging and demanding post of vice president of medical education commission is a sad and discouraging act to all who had pinned their hope on this commission to improve medical education in Nepal.

    1. Dr S K GIRI IS THE MOST APPROPRIATE, qualified candidate of the lot!
      He has been through all the rigors of Heath services and has garnered the know how right from the very grass root levels as H. A ,Medical officer, specialist, registrarand rector of NAMS.
      I am very happy that this time a very befitting person has been selected through PSC.
      The other candidates are also deserving but of the lot it is only one had to be picked up by the cabinate.
      I must thank the Education minister for this laudable decision!
      Dr C P Maskey

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय