५, ६, ७औँ तहका गुनासो नगर्ने ३६३२ र गुनासो गर्ने ३४८ कर्मचारीको समायोजन सूची सार्वजनिक (सूचीसहित)

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसेवाका ३ हजार ९ सय ८० कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक सूचीमा ५ देखि ७औँ तहका गुनासो दर्ता नगर्ने ३ हजार ६ सय ३२ र गुनासो दर्ता गर्ने ३ सय ४८ कर्मचरी छन् ।

गुनासो दर्ता गर्नेतर्फ अधिकृत सतौँ तहका १ सय १ जना जनस्वास्थ्य अधिकृत (नमपद) समायोजित भएका छन् । त्यसैगरी, गुनासो दर्ता गराएका अधिकृत छैटौँ तहका ५९ जना जनस्वास्थ्य निरीक्षकको समेत समायोजन भएको छ । त्यस्तै, सहायक पाँचौँ तहका १ सय ८८ जना हेल्थ असिस्टेन्ट पनि समायोजित भएका छन् । उनीहरुले पनि मन्त्रालयले दिएको समयमा गुनासो दर्ता गराएका थिए । समायोजितमध्ये अधिकांशको समायोजन स्थानीय सरकारअन्तर्गत गरिएको छ । केही मात्र कर्मचारी संघ र प्रदेश सरकारमातहत समायोजित भएका छन् ।

गुनासो दर्ता नगर्ने कर्मचारीतर्फ मन्त्रालयले एकैपटक ३ हजार ६ सय ३२ कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । यसअन्तर्गत अधिकृत सातौँ तहका जनस्वास्थ्य निर्देशक, सोही तहका जनस्वास्थ्य अधिकृत (नामपद), अधिकृत छैटौँ तहका जनस्वास्थ्य अधिकृत र सहायक पाँचौँ तहका हेल्थ असिस्टेन्ट छन् । यीमध्ये सबैभन्दा बढी हेल्थ असिस्टेन्ट समायोजित भएका छन् । गुनासो नगर्नेतर्फ पनि अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन् । केही कर्मचारीलाई मात्र केन्द्र सरकार र प्रदेश सरकारमातहत समायोजन गरिएको छ ।

हेर्नुहोस् समायोजन सूची
गुनासो नगर्नेतर्फ (३६३२ जना)

गुनासो गर्नेतर्फ (३४८ जना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय