साइतका बिरामी

आजसम्म बिहान उठेर नित्य कर्मस्थलमा जान मन नलागेका दिन धेरै आए, विरक्तलाग्दा दिनहरू । मन भए पनि नभए पनि जानु त छ नै, त्यही मानिसको भिडमा । यो कुनै हाटबजारमा लाग्ने भिड भने होइन, मेला पनि होइन । यो त सबै दुःखी मनहरूको भिड हो, नेपालभरिका पीडित शरीर र मनहरूको केन्द्रविन्दु, शरीर थला परेपछि मात्रै पुगिने ठाउँ । जीवनमा कहिल्यै जानुनपरे भाग्यमानी भइने ठाउँ, अस्पतालको एमर्जेन्सी । सबैका निम्ति आफ्नै बिरामी एमर्जेन्सी । दुई–चार दिन एमर्जेन्सी कक्षको वास प्रायः ९० प्रतिशत बिरामीका कथा होलान् ।

इमर्जेन्सी, भर्ना हुन कुर्नुपर्ने हुँदा कतिपयले हार खाने ठाउँ, कतिले भने यस्तै रहेछ भनेर पचाउने ठाउँ, कहिले रहेछ भर्ना गर्ने भनेर कतिपय अचम्मित पर्ने ठाउँ, कतिपयले एक दिन त पालो आउला भन्दै आश गर्ने ठाउँ, कतिपय बाठाजनले गोरु बेचेको नातो लगाएर भनसुनको प्रयास गर्ने ठाउँ, कतिपयले सेतो कोट लगाएका सबैलाई झन्झट लाग्ने गरी भर्ना कहिले गर्ने भन्दै सोध्ने ठाउँ । सबैजनाका लागि एउटै उत्तर– बेड खाली भएपछि । त्यतिन्जेल एउटै बेडमा तीनजना मिलेर बस्नुपर्ने बाध्यता ।
‘गाह्रो भयो डाक्सा’प ! तीनजना एकै ठाउँमा । भर्ना गर्दिनू न,’ प्रायःको एकैखाले गुनासो र अनुरोध दोहोरिरहन्छ ।
‘कसो चारजना हुनुभएनछ । आज प्रयास गर्छु, वचन भने दिन सक्दिनँ । उपचारचाहिँ यहीँबाट सुरु भइसक्यो,’ सबैलाई एउटै उत्तर । कति रुखो उत्तर मान्दा हुन् मनमनै ।

एकाबिहानै एउटा खुसीको खबर आयो– एउटा आइसियू बेड खाली भयो, भर्ना गर्दा हुन्छ । त्यो खुसीको खबर कसैको प्राणपखेरु उडेर, घरपरिवारमा आँसुको भेल लिएर आएको थियो । के गर्नु, सबैको नजरमा मानवता हराएको डाक्टर जाती परियो । कतैको दुःखले कतै मुस्कान छरिएला भन्ने आश ।

‘यो कता बुझाउने ? खुन तान्यो पाइपले, निकल्दिनू न सिस्टर ! भिडियोको डाक्टर कता जानुभयो ? यो रगत तान्दिनू न !’ यस्ता अनगिन्ती प्रश्नको चपेटामा हरेक दिन, रिसेप्सनको कर्मचारीजस्तो । उत्तर दिऊँ, एउटा बिरामीमा केन्द्रित ध्यान भंग हुन्छ, नदिऊँ कसरी नदिनु ! सबैलाई नयाँ परिवेश न हो । अत्तालिएका मनहरूले सेतो कोटलाई त सोध्ने नै भए । त्यसैले एक दिन त सेतो कोट नलगाई काम गरेँ ।

एक साता भइसकेछ, औँलामा गिन्ती वार्डका खाली बेडसंख्या आएको । मुस्किलले एउटा, दुइटा बेड खाली भएका छन् । आज त अलिक धेरै खाली बेड आए दुई–चारजना दुःखी आत्मालाई केही खुसी बनाउन सक्ने आश थियो । तर, आज पनि उस्तै । दिनभरिको आज प्रयास गरिदिन्छु भन्ने आश्वासन पुनः फ्लप, मुख देखाउनै लाज लागेर घर जान हतारो लाग्ने । फेरि अर्को दिन उस्तै दिनचर्या, भर्ना नगरिदिने मानवता हराएको डाक्टरको दिनचर्या ।

एकाबिहानै एउटा खुसीको खबर आयो– एउटा आइसियू बेड खाली भयो, भर्ना गर्दा हुन्छ । त्यो खुसीको खबर कसैको प्राणपखेरु उडेर, घरपरिवारमा आँसुको भेल लिएर आएको थियो । के गर्नु, सबैको नजरमा मानवता हराएको डाक्टर जाती परियो । कतैको दुःखले कतै मुस्कान छरिएला भन्ने आश ।

बिरामीको प्रेसर कम भएको र इन्फेक्सन शरीरभरि फैलिएको हुनाले आइसियूका लागि उनी उपयुक्त क्यान्डिडेट थिए । उनको भर्ना केही समयमैै भयो । मुस्किलले पाइने आइसियू खाली हुन पुग्नु र सोही समयमा आइपुग्नु सन्जोग परेको थियो । उनको भर्नापश्चात् ३ जना उस्तै उपयुक्त क्यान्डिडेट आइपुगे । मैले मनमनै भनेँ, विचराहरूको साइत मिलेनछ । यतिखेर मनमा भाग्यवादले जन्म लियो ।

सोही समयमा एकजना बिरामी नेपालगन्जबाट रेफर गरी आइपुगेका थिए, आधा घण्टाभन्दा बढी भएको थिएन । बिरामीको प्रेसर कम भएको र इन्फेक्सन शरीरभरि फैलिएको हुनाले आइसियूका लागि उनी उपयुक्त क्यान्डिडेट थिए । उनको भर्ना केही समयमैै भयो । मुस्किलले पाइने आइसियू खाली हुन पुग्नु र सोही समयमा आइपुग्नु सन्जोग परेको थियो । उनको भर्नापश्चात् ३ जना उस्तै उपयुक्त क्यान्डिडेट आइपुगे । मैले मनमनै भनेँ, विचराहरूको साइत मिलेनछ । यतिखेर मनमा भाग्यवादले जन्म लियो । उनीहरूका लागि अर्को दिनसम्म पनि बेड मिलेन । समयमै उपयुक्त उपचार गराउन बाहिर जाने उपाय सुझाइए पनि आशले हो वा खर्चको पावन्दीले, कोही पनि गएनन् ।

सबैजना एमर्जेन्सीमा आफ्ना जीवनका कथा बुन्न थाले । पर्खाइ, अनिदा रात, दौडधुपले शारीरिक थकान तथा हतास मनका कथा । सानो छँदा हजुरबुबा भन्नुहुन्थ्यो– बाबु ! साइत मिलाएर हिँड्नुपर्छ, घडी, पला, बार, दिन आदि, चन्द्रमा दाहिने पार्नुपर्छ । के गर्नु, रोग पनि साइतमा लाग्नुपर्ने रहेछ हजुरबुबा !

दुःख परेर आएका बिरामी, कसैले त हेरिदओस् भन्ने चाहना र आवश्यकता पनि । तर, खाली भने कोही पनि हुँदैनन्, सबै आ–आफ्ना काममा व्यस्त । सबै बिरामीलाई आफ्नै बिरामी मात्रै बिरामी । स्वाभाविक पनि हो, मनुष्यको मन अचेल अर्को मनुष्यलाई प्रयोग गरेर आफूलाई चाहिने कुरा प्राप्त गरेर खुसी हुने संस्कारमा हुर्किएको जो छ । खासमा त प्रकृतिप्रदत्त वस्तुहरू प्रयोग गरेर मनुष्य खुसी हुनुपर्ने हो नि !

सानो छँदा हजुरबुबा भन्नुहुन्थ्यो– बाबु ! साइत मिलाएर हिँड्नुपर्छ, घडी, पला, बार, दिन आदि, चन्द्रमा दाहिने पार्नुपर्छ । के गर्नु, रोग पनि साइतमा लाग्नुपर्ने रहेछ हजुरबुबा !

‘एक घण्टा भइसक्यो, औषधि दिन आउनुभएन । रगत जाँच गर्ने भनेको, रगत अहिलेसम्म नतान्दिने ? आदि आत्मकेन्द्रित समस्याको सांलो सबैजनाको हुन्छ । प्राथमिकताका आधारमा गर्नुपर्ने बाध्यता हुन्छ डाक्टर र सिस्टरको । त्यसमाथि कोही बिरामीका आफन्तीको पेलेरै कुरा गर्ने प्रवृत्ति नौलो होइन, पिट्नसम्म पछि नपर्ने रवाफ हुन्छ । तर, थोरै बिरामीमा भने केही दिनको एमर्जेन्सीको वातावरणले आत्मज्ञान प्राप्त हुन्छ सायद । ‘विचरा डाक्टर र नर्स दुवैलाई गाह्रो रहेछ,’ तेस्रो दिनमा स्वर नम्र हुन्छ उनीहरूको, दया र करुणा पलाउँछ होला । सबै किसिमका रोगका बिरामीसँगको संगत हुने त्यस्तो वैतरणीजस्तो ठाउँ, सधैँ जोखिममा रहे पनि न कुनै सुविधा, न कुनै सम्मान । तर, सबैलाई लाग्ने– मानवता हराएका डाक्टर तथा नर्सहरू ।
धेरैका आशाअनुरूप सेवा गर्न नसकिने, भनेको वेला स्लाइन पानीसमेत चढाइदिन नसकिने । सायद, हाम्रो स्वास्थ्यप्रणाली नै कतै चुकेको छ, ठूलाबडाले अबमूल्यन गरेको पेसा न हो हाम्रो !

धनले माया गरेकाहरू सामान्य उपचारपश्चात् बेड खोज्न प्राइभेटतर्फ पनि जान तयार हुन्छन् । धनलाई माया गर्नुपर्नेहरूको खल्तीमा बेरिएर बसेका नोटहरू एकपछि अर्को निस्किँदा हरेक पटक मुटु काँप्छ । नोट सकिन्छ, तर जाँच सकिन्न । विचरा ! धनको पोको हेरेर रोग लागेको भए पो ! अन्तिममा हार खाएका अनुहार एउटा जीवित आत्मालाई भगवान्भरोसा फिर्ता लान बाध्य हुन्छन् । मानवता नभएका हामी डाक्टर र नर्स पनि एउटा दुःखदशा दर्शनबाट मुक्ति पाउँछौँ । धनलाई माया गर्नेहरू भने बेड खाली हुन्छ कि भन्ने आशले बसिरहन्छन्, बाहिर प्राइभेट अस्पतालका आइसियू नजाने अठोट गर्छन् । जीवनसँग जुवा खेल्छन् । साइतचाहिँ तिनै धनलाई माया गर्नुपर्ने र धनलाई माया गर्नेहरूलाई चाहिने रहेछ ।

उही
भर्ना नगर्ने डाक्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय