कृषिमन्त्रीलाई डेंगु, विशेष टोली बनाएर ग्रान्डीको आइसियूमा उपचार हुँदै

वैशाखदेखि महामारीको रुपमा फैलिएको डेंगुबाट सरकारका एकजना बरिष्ठ मन्त्रीसमेत संक्रमित भएका छन् । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगु भएपछि उपचारका लागि बुधबार ग्रान्डी अस्पताल भर्ना गरिएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेका अनुसार उपचारका लागि विशेष टोली बनाएर उपचार सुरु गरिएको छ । पाण्डेका अनुसार अहिले खनाललाई आइसियु सार्ने तयारी भएको छ । ‘उहाँको स्वास्थ्य बढी खराब भएर आइसियु सार्न खोजिएको होइन्, भेटघाटको भीड भएर अरु संक्रमण होला भनेर हामीले आइसियु सार्न लागेका छौ’ पाण्डेले भने ।

डा. पाण्डेका अनुसार अस्पतालले सबै खालका विशेषज्ञ सहितको टोली बनाएर उपचार थालेको छ । जसमा डा. सुवास आचार्य, डा. प्रज्ज्वल श्रेष्ठ। डा. विनय रेग्मी र डा. प्रभात अधिकारी खटिएका छन् । डा. पाण्डेले उपचारमा कुनै कमि हुन नदिने र भेटघाट नियन्त्रण गरेर विशेष उपचार दिने तयारी भएको बताए । उनले स्वास्थ्यबारे खासै चिन्ता गर्न गर्नुपर्ने अवस्था नरहेको समेत बताए ।

मंगबार साँझ टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउँन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए । निदानले उनलाई डेंगुको परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो । टेकुमा उनको संक्रमण प्रमाणित भएको थियो । बैशाखदेखि सुरु भएको डेंगी ५८ जिल्लामा देखापरिसकेको छ । जसबाट टेकू अस्पतालकै २ चिकित्सकसहित ११ स्वास्थ्यकर्मीसमेत संक्रमित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय