भिटामिन डीको कमीले बच्चामा रिस र जिद्दीपन, खुवाउनुहोस् यी ७ फल

हेल्थपोस्ट
प्रकाशित
२०७६ भदौ १९ गते १२:२२

साना बच्चामा रिस, चिडचिडाहट र छिनछिनमा मुड परिवर्तनको कारण भिटामिन डीको कमी हुन सक्छ । भिटामिन डीले भरिपूर्ण यी आहारबारे जान्नुहोस्, जसलाई खुवाउनाले बच्चामा चिडचिडाहटको समस्या हराउनुका साथै हड्डी मजबुत हुन्छ ।

साना बच्चामा रिस र अनावश्यक जिद्दीका कारण तपाईंले हैरानी खेपिरहनुभएको हुन सक्छ । बच्चामा चिडचिडाहट, रिस तथा जिद्दीपनलाई प्रायः परिवारको कुनै सदस्यको आनुवंशिक असर मानेर बेवास्ता गर्ने गरिन्छ । तर, बच्चामा त्यस्तो स्वभाव आउनुका पछाडि भिटामिन डीको कमी पनि हुन सक्छ । साँच्चै, अनुसन्धानले खुलासा गरेको छ कि, भिटामिन डीको कमीले साना बच्चामा चिडचिडाहट र अनावश्यक जिद्दी र रिसको समस्या हुन सक्छ । यो अनुसन्धान ‘जर्नल अफ न्युट्रिसन’ नामक जर्नलमा छापिएको छ । अनुसन्धानका मुख्य विषय र भिटामिन डीयुक्त अहारबारे यहाँ चर्चा गरिन्छ ।

के भन्छ अनुसन्धान ?
अनुसन्धानका अनुसार भिटामिन डीको कमीले स्कुल जाने (५ वर्षमाथिका) बालबालिकामा एककिसिमको चिडचिडाहट वा जिद्दीपन आउँछ र उनीहरुको व्यवहार आक्रामक हुन्छ । यसका अलावा यस्ता बच्चाहरु आफैँमा हराउने, चिन्तित तथा खिन्न (डिप्रेस्ड) हुने हुन्छन् । यस्ता बच्चामा छिटो–छिटो मुड परिवर्तन हुने समस्या देखिन्छ । यो अनुसन्धान मिचिगन युनिभर्सिटीद्वारा गरिएको हो । हाम्रो शरीरको स्वास्थ्यसँगसँगै भिटामिन तथा पोषकतत्त्वले हाम्रो मुडलाई प्रभावित पार्दछन् । शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि हामीलाई सबै प्रकारका पोषकतत्त्वको आवश्यकता पर्दछ ।

यो अनुसन्धानका लागि प्राथमिक तहमा अध्ययनरत ५ देखि १२ वर्ष उमेरका ३ हजार २ सय २ बच्चामा अध्ययन गरिएको छ । अध्ययनका लागि छनोट गरिएका बच्चाको दैनिक आदत, आमाबुबाको शैक्षिक पृष्ठभूमि, तौल, लम्बाइ र खानपान आदिलाई ध्यानमा राखेर शोधकर्ताहरुले आँकडा जुटाए र उनीहरुको रक्तपरीक्षण गरे । तत्पश्चात् अनुसन्धाताले निष्कर्ष दिए– साना बच्चामा भिटामिन डीको कमीले व्यवहार परिवर्तनको समस्या बढेको छ ।

बच्चामा भिटामिन डीको कमी
अनुसन्धानका मुख्य शोधकर्ता प्रोफेसर एडुआर्डो विलामोर भन्छन्– जुन बच्चामा स्कुल शिक्षाका क्रममा भिटामिन डीको कमी हुन्छ, उनीहरुमा बिहेभिएर प्रब्लम (व्यावहारिक समस्या) र चिडचिडाहटको समस्या बढी देखिएको छ । बच्चाहरुको स्वभावमा चिडचिडाहटको समस्या पछिल्लो केही समयमा निकै बढिरहेको छ । सानो उमेरमै बच्चालाई स–साना कुरामा यति धेरै रिस उठ्छ कि, रिसका कारण उनीहरु अफूवरिपरिका चिजबिजलाई तोडफोड गर्न र आफैँलाई नोक्सान पुर्याउन पनि तत्पर हुन्छन् । उनीहरु अलिकति पनि नसोचीकन यस्तो कार्यमा संलग्न हुन्छन् ।

किन हुँदै छ भिटामिन डीको कमी ?
गाउँको तुलनामा सहरका बच्चामा भिटामिन डीको कमी तीव्र गतिमा बढिरहेको छ । भिटामिन डीको सबैभन्दा राम्रो प्राकृतिक स्रोत सूर्यको किरण हो । आजकल सहरका बच्चा बाहिर पार्कमा खेल्नुको साटो घरभित्रै रहन ज्यादा मन पराउँछन् । यसका अलावा आजकल विद्यालयमा बच्चालाई यति धेरै काम (गृहकार्य) दिइन्छ कि, जसका कारण उनीहरुसित घरबाहिर कुद्ने वा खेल्ने समय नै रहँदैन । यो बच्चामा भिटामिन डीको कमी हुनुको ठूलो कारण हो । यसका अतिरिक्त बच्चामा जंक फुड, फास्ट फुड, सफ्ट ड्रिंक्सलगायतको लतका कारण पनि उनीहरुमा भिटामिन डीको कमी भइरहेको छ ।

भिटामिन डीको कमी पूरा गर्ने आहार
– भिटामिन डीको सबैभन्दा सबैभन्दा राम्रो स्रोत दूध हो । त्यसैले बच्चालाई दैनिक राति सुत्नेवेलामा एक ग्लास दूध अवश्य पिलाउनुहोस् ।
– योगर्ट पनि भिटामिन डीको राम्रो स्रोत हो । बच्चाको लन्च बक्समा खाना वा सलादको साथमा योगर्ट दिन सक्नुहुन्छ ।
– मसरुम (च्याउ) भिटामिन डीको अब्बल स्रोत हो । त्यसैले बच्चाको लन्च र डिनरमा मसरुमयुक्त परिकार बनाएर दिनुहोस् ।
– चिज अधिकांश बच्चाका लागि रुचिकर आहार हो । चिजमा पनि उल्लेख्य मात्रामा भिटामिन डी हुन्छ ।
– अण्डाको पहेँलो भागमा भिटामिन डी पर्याप्त पाइन्छ ।
– सुन्तलाको जुस भिटामिन डीको राम्रो स्रोत हो ।
– माछामा पनि भिटामिन डी पर्याप्त मात्रामा पाइन्छ । तसर्थ, तपाईं आफ्ना बच्चालाई भिटामिन डीको कमीबाट बचाउन माछाको पनि सेवन गराउन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय