एमबिबिएस प्रवेश परीक्षा निर्धारित मितिमै गर्न प्रमको निर्देशन, आइओएम परीक्षा शाखाको ताला खुल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्साशास्त्र अध्ययन संस्थानका प्रवेश परीक्षामा अवारेध आउन नदिन निर्देशन दिएका छन् ।प्रवेश परीक्षा हुन ननिदे योजनासाथ विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका नाममा संघर्षसमिति गठनगरेर आइओएममा तालाबन्दी जारी रहेको अवस्थामा प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो । प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीले परीक्षा गराउँनेगरी तयारी सुरु गरेका छन् ।

सिङ्गापुरमा उपचाररत ओलीले भिडियो कन्फरेन्सिङबाट भएको मंगलबारको मन्त्रीपरिषद् बैठकमा चिकित्साशिक्षाका प्रवेश परीक्षा कुनै हालतमा नरोक्न निर्देशन दिएको मन्त्रीपरिषद् स्रोतले जानकारी दियो ।
सोही आधारमा प्रहरीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को परीक्षा शाखामा लगाएको ताला मंगलबार विहानै खोलेको छ । डिन कार्यालयमा लगाएको ताला यथावत राखेरै परीक्षा शाखामा लगाएको ताला भने खोलिएको हो ।
आइओएमको २१ गतेबाट चरणबद्ध रुपमा सुरु हुने विभिन्न विषयका परीक्षाका लागि करिव २० हजारले आवेदन दिइसकेका छन् । विदेशी विद्यार्थीको हकमा समेत चीन, भारत, अमेरिका लगायतका देशबाटसमेत विद्यार्थी आवेदन दिएका छन् ।

२१ गते एमिबिबिएस र त्यसपछि चरणबद्धरुपमा २४ गतेसम्म परीक्षा हुँदैछ ।प्रमको निर्देशनपछि शिक्षामन्त्रालयले समेत सोमबारै विज्ञाप्ति जारी गरेर विद्यार्थीका अन्य माग पूरा गर्ने भन्दै परीक्षामा अवरोध नगर्न आग्रह गरेको थियो । विश्वविद्यालयहरुले भर्ना र शुल्कमा कस्दै लगेपछि पछिल्ला दिनमा मेडिकल कलेज सञ्चालकहरु नै विद्यार्थी संगठनमार्फत् प्रवेश परीक्षा अवरोधमा लागेको आशंका त्रिविका अधिकारीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय