काबुबाहिर गएको डेंगुमाथि स्क्रब टाइफस थपिएपछि स्तब्ध बन्दै चितवन, हालसम्म ३ ले गुमाए ज्यान

चितवनमा डेंगुसँगै स्क्रब टाइफसका बिरामी दैनिक देखिन थालेपछि रोग नियन्त्रणमा जटिलता थपिएको छ । डेंगु र स्क्रब टाइफसका कारण जिल्लामा तीनजनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये एकजना डेंगु र स्क्रब टाइफस दुवै रोगको संक्रमण भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार डेंगु नियन्त्रणका साढे ३ महिनादेखिका सबै प्रयास विफल भएकाले अब सरकारको काबुमा डेंगु नरहेको औपचारिक जानकारी गराइसकेको छ । यस्तोमा एकै व्यक्तिमा दुवै रोगको संक्रमण देखिन थालेपछि अवस्था झन् चुनौतीपूर्ण बनेको हो । चितवनमा ३० प्रतिशतसम्म मृत्युको जोखिम रहने स्क्रब टाइफसको संक्रमण साउनयता ४० जना भेटिसकिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार डेंगु संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ भने स्क्रब टाइफसले एक युवकको ज्यान लिएको छ । त्यस्तै, डेंगु र स्क्रब टाइफस दुवैको संक्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । मृत्यु हुनेमा दुईजना चितवन र एकजना रौतहटका जिल्लाका छन् ।

स्वास्थ्य कार्यालयका कीटनियन्त्रक राम केसीका अनुसार भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्गनिवासी ७१ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै, स्क्रप टाइफसको संक्रमण भएका रौतहटका ३४ वर्षीय पुरुषको पनि चितवन मेडिकल कलेजमै उपचरका क्रममा ज्यान गएको केसीले जानकारी दिए । उनका अनुसार दुवै रोगको संक्रमण भएकी भरतपुर महानगरपालिका शुक्रनगरनिवासी १६ वर्षीय किशोरीको भने पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

केही वर्षयता चितवन डेंगु रोगका लागि उर्वर क्षेत्रका रूपमा रहेको डा. अधिकारीको भनाइ छ । ‘यहाँ देशैभर र छिमेकी देशबाट समेत विभिन्न कारणले मानिसको बसोवास छ, यहाँ हुने र बाहिरबाट पनि आउने भएकाले यो क्षेत्रमा रोगको महामारी भएको हो ।’ डेंगु रोग सार्न सक्ने लामखुट्टेको वासस्थान नफालेसम्म यो रोगको संक्रमण बढ्ने उनको भनाइ छ । आफ्नो घरवरिपरि पानी जमेका भाँडा तथा खाल्डाखुल्डी सफा गर्ने, लार्भा नष्ट गर्ने काम साताको दुई दिन गर्न सकेमा संक्रमणमा कमी आउन सक्ने उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले जिल्लामा डेंगु संक्रमणले प्रकोपको रूप लिएको जानकारी दिएको छ । साउनयताको डेढ महिनामा मात्र १ हजार ३ सय ५६ जनामा परीक्षण गरिएकोमा ४ सय ३३ जनामा डेंगुको संक्रमण देखिएको केसीले जानकारी दिए । संक्रमण अझै बढ्दोक्रममा रहेको केसीले बताए । भरतपुर महानगरपालिकाका १, २, ३, ४, १०, ११ र १२ नम्बर वडामा बढी संक्रमित देखिएको कार्यालयले जनाएको छ ।

जिल्लमा सबैभन्दा बढी डेंगु संक्रमण भरतपुर महानगरपालिकामा देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताए । महानगरको नारायणगढ र भरतपुर बजार क्षेत्रमा डेंगुको संक्रमण बढी पाइएको छ ।

केही महिनाअघिसम्म अन्य जिल्लामा महामारीको रूप लिएको डेंगु अहिले चितवमा फैलिएको भरतपुर अस्पतालका डा. भोजराज अधिकारीले बताए । ‘डेंगु रोगले चितवनमा महामारीको रूप लिइसकेको छ,’ डा. अधिकारीले भने, ‘केही महिनाअघि बाहिरी जिल्लामा थियो, अहिले चितवनमा महामारी फैलिएको छ ।’

केही वर्षयता चितवन डेंगु रोगका लागि उर्वर क्षेत्रका रूपमा रहेको डा. अधिकारीको भनाइ छ । ‘यहाँ देशैभर र छिमेकी देशबाट समेत विभिन्न कारणले मानिसको बसोवास छ, यहाँ हुने र बाहिरबाट पनि आउने भएकाले यो क्षेत्रमा रोगको महामारी भएको हो ।’ डेंगु रोग सार्न सक्ने लामखुट्टेको वासस्थान नफालेसम्म यो रोगको संक्रमण बढ्ने उनको भनाइ छ । आफ्नो घरवरिपरि पानी जमेका भाँडा तथा खाल्डाखुल्डी सफा गर्ने, लार्भा नष्ट गर्ने काम साताको दुई दिन गर्न सकेमा संक्रमणमा कमी आउन सक्ने उनले जानकारी दिए ।

सन् २००६ मा चितवनबाटै सुरु भएको डेंगु रोगले २०१० मा आइपुग्दा महामारीको रूप लिएको थियो । हरेक वर्ष रोग देखापर्दै भए पनि यस वर्ष छिट्टै रोगीको संख्या वृद्धि भएको स्वास्थ्य कार्यालयको भनाइ छ । यस वर्ष साढे तीन महिनाअघि पूर्वी नेपालको सुनसरीबाट सुरु भएको डेंगु संक्रमण केही महिनापछि मात्र चितवनमा फैलिएको थियो । संक्रमण सुरु हुँदानहुँदै स्वास्थ्य कार्यालयको समन्वयमा भरतपुर महानगरपालिकाले उच्च जोखिमका वडाहरूमा लामखुट्टे खोज र नष्ट गर तथा अभिमुखीकरण अभियान चलाए पनि संक्रमणले महामारीको रूप लिएको हो । केन्द्र सरकारले नै डेंगु नियन्त्रणका सबै प्रयास विफलसिद्ध भएकाले अब सरकारको काबुबाहिर गएको जनाइरहेका वेला त्यसमाथि स्क्रब टाइफससमेत थपिएपछि समस्याले झन् जटिल रूप लिएको छ ।

सन् २००६ मा चितवनबाटै सुरु भएको डेंगु रोगले २०१० मा आइपुग्दा महामारीको रूप लिएको थियो । हरेक वर्ष रोग देखापर्दै भए पनि यस वर्ष छिट्टै रोगीको संख्या वृद्धि भएको स्वास्थ्य कार्यालयको भनाइ छ । यस वर्ष साढे तीन महिनाअघि पूर्वी नेपालको सुनसरीबाट सुरु भएको डेंगु संक्रमण केही महिनापछि मात्र चितवनमा फैलिएको थियो । संक्रमण सुरु हुँदानहुँदै स्वास्थ्य कार्यालयको समन्वयमा भरतपुर महानगरपालिकाले उच्च जोखिमका वडाहरूमा लामखुट्टे खोज र नष्ट गर तथा अभिमुखीकरण अभियान चलाए पनि संक्रमणले महामारीको रूप लिएको हो ।

डेंगु संक्रमितको संख्या वृद्धि भएसँगै रोग पहिचान गर्ने किटको अभाव भएको कार्यालय प्रमुख तिवारीले बताउँछन् । उनका अनुसार कार्यालयमा अहिले २५ वटा मात्र किट स्टक रहेका छन् । डेंगुसँगै जिल्लामा स्क्रब टाइफसको संक्रमण पनि बढेको देखिएको छ । साउनयता ५ सय ६ जनामा परीक्षण गरिएकोमा ४० जनामा स्क्रप टाइफसको संक्रमण भेटिएको छ ।

स्क्रब टाइफस हुँदा के गर्ने ? : डा. शेरबहादुर पुन
स्क्रब टाइफस चिगर माइटको टोकाइबाट सर्ने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउनु जरुरी हुन्छ । हाल यो अत्यधिक मात्रामा ग्रामीण भेगमा देखिँदै आएकाले त्यहाँका स्थानीयवासीलाई रोगबारे, कसरी सर्छ र बच्ने पूर्वउपायहरूबारे राम्ररी जानकारी गराउनुपर्छ । त्यहाँ खटेका स्वास्थकर्मीले पनि यो रोगलाई ध्यानमा राखेर उपचार गर्नुपर्छ वा छुटाउनुहँुदैन । प्रयोगशाला जाँच गर्न सहज नहुने भएकाले लक्षणहरू मिलेमा, कहाँ फैलँदै छ भन्ने जानकारी राखेर र यसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक एक–दुई दिन मात्र चलाएर हेर्दा सुधार भएमा स्क्रब टाइफस शंका गरी उपचारलाई निरन्तरता दिनुपर्छ ।

सहरी इलाकामा शंका लागे पहिचान गर्न टेकु अस्पताल वा केन्द्रीय प्रयोशाला पठाउन सकिन्छ । हाल यो ग्रामीण भेगमा मात्र नभई सहरी इलाकामा पनि देखिनेक्रम बढ्दो भएकाले यहाँ सेवा दिइरहेका स्वास्थकर्मीले पनि ज्वरो आएका बिरामीमा स्क्रब टाइफसलाई पनि विशेष ध्यान पुर्याएर जाँच तथा उपचार गर्नुपर्छ ।स्क्रब टाइफस मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।

स्क्रब टाइफसको समयमा पहिचान नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । यसको मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको भारतीय अनुसन्धानहरूले देखाएका छन् । नेपालमा स्क्रब टाइफसको मृत्युदरबारे राम्रो तथ्यांक पाउन अझै अनुसन्धानहरू गर्न बाँकी नै छ । यो रोगले भौगोलिक हिसाबले पनि आफ्नो सीमा बढाउँदै गएको देखिन्छ भने लक्षणहरू पनि नयाँ–नयाँ थपिँदै गएका देखिन्छन् । ज्वरो आयो कि टाइफाइड भन्ने पुरानो सोचमा आगामी दिनमा परिवर्तन आई स्क्रब टाइफस भन्ने समय आउँदै गरेको सहजै अनुमान लगाउन सकिन्छ । यसले टाइफाइडभन्दा स्क्रब टाइफस आगामी दिनमा भयावह रूपमा फैलँदै छ भन्ने संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय