स्वास्थ्यसचिवको पदबहाली, भन्छन्- सचिव पद असनमा हिँडेजस्तै

स्वास्थ्य सचिव खगराज बरालले कुनै पनि मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नु अनशन इन्द्रचोकको भीडमा हिँडेजस्तै भएको बताएका छन् । उनले भीडमा हिड्दा जसरी स्वतन्त्र र मनमौजी पाराले हिड्न नपाएजस्तै सचिवले पनि सबैपक्षलाई ख्याल गरेर हिड्नुपर्ने बताए । अघिल्लो साता सरकारले शिक्षामन्त्रालयबाट स्वास्थ्यमा सरुवा गरेपछि बराल सोमबार पदवहाली गर्न पुगेका थिए ।

लामो समय शिक्षामन्त्रालयको प्रणालीमा बसेर काम गरेका बरालका लागि स्वास्थ्यका जिम्मेवारी विरुद्ध नयाँ हुनेछ । बरालले मन्त्रालयमा भने, ‘अशनमा हिड्दा जसरी कुल्चिएला, ठोक्किएला भनेर हिड्नुपर्छ, सचिव हुँदा पनि प्रधानमन्त्री, मन्त्रीपरिषद्, विभागीय मन्त्री, मुख्यसचिव, सहकर्मी, ट्रेड युनियान र नागरिक समाज सबैको ख्याल गर्नुपर्छ,’ उनले भने ।

उनले सचिव एक्लैले केही गर्न नसक्ने भन्दै काम गर्दै गर्दा जति सकिन्छ त्यसमा सन्तुष्टि लिनुपर्ने समेत बताए । ‘सकेजति गर्नुपर्र्छ र गर्न सकिएन भनेपनि सन्तुष्ट लिनुपर्छ’ उनले भने ।  बराल स्वास्थ्य मन्त्रालयमा एक वर्षका बीचमा जिम्मेवारी सम्हाल्ने प्रशासन समूह तर्फका चौथो सचिव हुन् । गत असोजमा सरकारले चिकित्सक सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यलयमा तान्ने क्रममा विवाद उत्पन्न भएपछि स्वास्थ्यमा प्रशासन सचिवको समेत दरबन्दी सृजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय