सामूहिक राजीनामा बुझाएका राप्तीका २२ चिकित्सकका काममा फर्किन ८ सर्त

उपकुलपतिले ज्यादती गरेको भन्दै सामूहिक राजिनामा दिएका राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ चिकित्सकले राजिनामा फिर्ता लिनका लागि ८ वटा प्रमुख माग पूरा हुनुपर्ने शर्त अगाडि सारेका छन् । उनीहरुल प्रतिष्ठानबाट भर्खरै बर्खास्त डा. मनोज यादवको ससम्मान पूर्ववहाली गर्नुपर्नेसहित उपकुलपतिले लिखित रुपमामा आइन्दा चिकित्सकमाथि मानसिक तनाब नदिने प्रतिवद्धतासमेत माग गरेका छन् ।

चिकित्सकहरुले जारी गरेको सामूहिक विज्ञाप्तिमा डा. यादवको पूर्नवहाली गर्नुपर्ने डा. यादवजस्तै अन्य कर्मचारीलाई पनि आइन्दा कुनै डर, धम्की, मानसिक यातना नदिई ऐनअनुसारका विदा, सेवा सुविधामा कुनै अवरोधन नगर्न माग गरेका छन् ।उनीहरुले जथाभावी विरामी रेफर गर्ने काम रोक्न, भएका चिकित्सकलाई हतोत्शाही गर्ने र नयाँ आउान नदिने प्रवृति बन्द गर्न समेत माग राखेका छन् । उनीहरु विगतमा विभिन्न कारणले संस्थाबाट बाहिरिएका पदाधिकारी एवं चिकित्सकको पक्षमा समेत माग राखेका छन् ।

डा. वर्षा माननधरलाई प्रतिष्ठानको नियमानुसार नियुक्ती गरेपनि नेपाल सरकारको अनुसारको मात्रै तलब सुविधा दिइएको भन्दै सेवा सुविधा र नियुक्ती, हटाउँने कुरामा नियमानुसार गर्न पनि चिकित्सकको माग छ । उनीहरुले प्रतिष्ठान छाडेर प्रस्तावित बिएण्डीसी मेडिकल कलेजमा काम गर्न गएकी प्रा.डा ऋतु बराललाई इमान्दार र कतव्यनिष्ठ चिकित्सकको संज्ञा दिँदै भ्रामक सूचना दिएर बेइज्जत र बर्खास्त गरेको, डा. कृष्ण झा बर्खास्त गरेको भन्दै यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता समेत माग गरेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय