२४ वर्षमा ईशान बाल अस्पताल, अब सय बेडको लक्ष्य

हेल्थपोस्ट
प्रकाशित
२०७६ भदौ ७ गते १९:५९

इशान बाल तथा महिला अस्पतालले आफ्नो स्थापनाको २४ औ बार्षिक उत्सव मनाएको छ । २ जना चिकित्सकबाट सुरुवात भएको अस्पतालमा हाल ४७ बरिष्ट विशेषज्ञसहित बालरोग उपचारसम्बन्धी विशिष्ठिकृत सेवा पिआसियु, एनआइसियुसहित २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

नीजि क्षेत्रबाट पहिलो एक मात्र बाल अस्पतालको रुपमा रहेको इशानले बालबालिका तथा स्त्री तथा प्रसुति रोगसम्बन्धी सम्पुर्ण स्वास्थ उपचार सेवा प्रदान गदै आएको छ । शनिबार बार्षिकउत्सवको अवसर पारेर अस्पतालले हालसम्म पुर्याएको सेवा र भावी योजना समेत प्रस्तुत गरिएको थियो ।

आर्थिक बर्ष २०५५र/०७६ मा १९ हजार ७ सय २७ बालबालिकाले ओपिडि सेवा लिएको र १ लाख ५३ हजार ४ सय १४ बालबालिका फ्लोअपका आएको अस्पातलका निर्देशक डा. रामनन्दप्रसाद चौधरीले जानकारी दिए । त्यसैगरी ६ हजार ५ सय १० महिला ओपिडि सेवा लिएको र ६ हजार ६ सय १६ जना फ्लोअपमा आएको अस्पतालको तथ्यांक छ ।

२४ बर्षमा प्रवेश गरेको उत्सव मनाईरहदा अस्पताल २५ बेडमा सिमित नगरी बेड संख्या विस्तारमा ध्यान दिन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशील प्याकुरेलले सुझाए ।उपचार लिन आउने सेवाग्राही बढिरहेको अवस्थामा अस्पतालले २५ बेडमा सिमित हुन नहुने उनले बताए । उनले अस्पातले भौतिक पुर्वाधार बढाई सेवा सुविधा बढाउन तर्फ ध्यान जानुपर्ने डा. प्याकुरेलको सुझाब थियो ।

कर्मचारी, चिकित्सक, सेयर होडर आदि सबैको सोच एउटै भएर अगाडि बढे मात्र सस्थाले उचाइ लिने डा. प्याकुरेलको धारणा रहेको छ ।
हाल भएको अस्पतालको संरचनामा २५ बेड भन्दा चलाउन नसक्ने उल्लेख गदै नयाँ भवन सम्पन्न भएपछि थप सेवा सुविधा सहित अस्पतालले १ सय बेड चलाउने लक्ष्य लिएको अस्पतालका निर्देशक डा, चौधरिले जानकारी दिए ।

नयाँ ८ तले भवनमा १ सय बेड राखेर सेवा दिने अस्पतालको लक्ष्य रहेको डा. चौधरिले बताए । उनले थप सेवा सुविधा सहित चाडै नै हामी नयाँ भवनमा सर्ने तयारीमा रहेका समेत जानकारी दिए । डा. चौधरीले अस्पतालले दिएको सेवा गुणस्तरीय तथा सर्वसुलभ समेत रहेको भन्दै गरिब, असहाय मानिसलाई सौहुलियत पुर्ण उपचार सेवा दिने प्रतिबदता व्याक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय