डडेलधुरा झाडापखाला प्रकोप : बिरामीमा ‘हैजा’का जिवाणु

हेल्थपोस्ट
प्रकाशित
२०७६ भदौ ६ गते ११:३३

डडेल्धुरामा एक सातादेखि फैलिएको झाडापखाला ८१ भन्दा बढी बिरामी भएका छन् ।जिल्लाको परशुराम नगरपालिका–८ फैलिएको झाडापखाला प्रभावित क्षेत्रका एक बिरामीमा हैजाको जिवाणु भेटिएको छ । स्थानीयले प्रयोग गर्नेमा पानीमा समेत हैजाको जिवाणु भेटिएको चिकित्सकहरुले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले परिक्षणका क्रममा पानीमा दिसामा पाइने ‘कोलीफर्म’ अन्तर्गतको ‘भिब्रियो कोलेरा’ भेटिएको बताए ।
उनले पानीकै कारणले झाडापखाला फैलिएको बताए ।नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाँटा र गुप्तेगाँडामा हैजाको महामारी फैलिएको छ । प्रभावित स्थलमा औषधिसहित चिकित्सक टोली पुगिसकेको प्रदेश सरकारले जनाएको छ ।

स्थानीय स्वास्थ्यकर्मीले गाउँको माथिल्लो भागमा रहेको खानेपानीको मुहान दुषित भएकाले झाडापाखाला फैलिएको आशंका गरेका छन् । बिरामीहरुको दिसा जाँच गर्दा एक जनामा पोजेटिभ अर्थात हैजा भेटिएको अवस्थीले बताए । उनले बिरामी संख्या ८१ पुगिसकेको र थप परीक्षणसमेत जारी रहेको बताए । ‘औषधीको भने कुनै कमी नहुने गरी व्यवस्था मिलाइएको छ,’ डा. अवस्थीले भने, ‘प्रकोप क्षेत्रमा विशेषज्ञ सहित स्वास्थ्यकर्मीको टोटी परिचालपछि नियन्त्रणको प्रयास भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय