उपकुलपतिले मानसिक तनाब दिएको भन्दै राप्ती प्रतिष्ठानका २२ चिकित्सकले दिए सामूहिक राजीनामा

उपकूलपति डा. संगिता भण्डारीले बारम्बार बर्खास्त गर्ने धम्कीलगायत मानसिक तनाब दिएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका २५ मध्ये २२ चिकित्सकले सामूहिक राजिनामा दिएका छन् । चिकित्सकहरुले भण्डारीले बारबार अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बखास्ती, धम्कीलगायत मनोवल खस्काउने खालका दबाब दिएका कारण शारिरीक तथा मानसिक रुपमा विक्षिप्त भएर काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै राजिनामा बुझाएका हुन् ।

उनीहरुले पछिल्लो समय केही चिकित्सकलाई अनावश्यक लान्छना लगाएर बर्खास्त गर्न खोजेको आरोप चिकित्सकहरुले लगाएका छन् । उनीहरुले आफूहरुले उपकुलपतिलाई वातावरण बनाइदिन बारबार आग्रह गरेपनि सुनुवाई गर्नुको सट्टा चिकित्सकमाथि चरम मानसिक पीडा दिएको उल्लेख गरेका छन् । यसैका कारण कुनै पनि चिकित्सकले काम गर्ने नसक्न अवस्था आएको भन्दै २५ चिकित्सकमध्ये २२ जनाले हस्ताक्षर गरेर राजिनामा बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय