स्वास्थ्य सचिवमा खगराज बराल, एक वर्षमा चौथो सचिव

हेल्थपोस्ट
प्रकाशित
२०७६ भदौ ४ गते ११:३३

स्वास्थ्य मन्त्रालयमा ११ महिनादेखि जारी सचिव सरुवाको शृखंला जारी छ । पछिल्लोपटक सरकारले स्वास्थ्य मन्त्रालयमा शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई सरुवा गरेको छ ।मन्त्रालयमा बैशाखमा मात्रै जिम्मेवारी सम्हालेका सचिव राम थपलियालाई सरकारले खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।

बराल एक वर्षका बीचमा स्वास्थ्यमा आएका प्रशासन तर्फका चौथो सचिव हुन् । यसअघि केदारबहादुर अधिकारी, चन्द्र घिमिरेहुँदै थपलिया आएका थिए । अहिले थपलियाले मन्त्रालयको काम बुझ्दै गर्दा फेरी शिक्षामा अधिकांश करिअर बिताएकार बरालले स्वास्थ्य सचिवको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय