प्रदेशमा समायोजन भएका ५७४ स्वास्थ्यकर्मीको सूची सार्वजनिक, प्रदेश ५ मा सबैभन्दा बढी, कर्णालीमा कम

स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासनबाट सामायोजन भएर पठाएको सूची अन्तर्गत स्वास्थ्य सेवाका प्रदेशमा पदस्थापन हुने विभिन्न तहका स्वास्थ्यकर्मीको सूची सोमबार सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सामायोजन भएका नेपाल स्वास्थ्य सेवाका विभिन्न समूह उपसमूहमा कार्यरत कर्मचारीको सूची सार्वजनिक गरेको हो ।
जसअनुसार गण्डकीमा ७३, कर्णाली ६१, सुदूरपश्चिम ७८, प्रदेश १ मा ८७, प्रदेश २ मा ६५, प्रदेश ३ मा ६७, प्रदेश ५ मा १४३ को समायोजन पदस्थापन भएको छन् ।

सबैभन्दा बढी स्वास्थ्यकर्मी रहेका अनमी र अहेवबाहेकको सामायोजन पदस्थापनको पत्र पठाइसकेको मन्त्रालयले पछिल्लोपटक वाँकी समायोजन टुंग्याउन लागिपरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय