नेकपा स्वास्थ्य विभागको नेतृत्व पाण्डेलाई, उपप्रमुखमा बिसंखे

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन ३१ गते १९:०८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश सांसद तथा नेकपाका नेता राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो ।

प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका अध्यक्षसमेत हुन् । संघीयताअघि दोस्रो संविधानसभाका सभासद् रहेका पाण्डे त्यसअघि पनि धादिङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर, संघीयतापछि भने उनी प्रतिनिधिसभामा नभई प्रदेश ३ सभा सदस्यका लागि उम्मेदवार भई निर्वाचित भएका थिए ।

बैठकले स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखको जिम्मेवारी प्रतिनिधिसभा सदस्य अञ्जना विसंखेलाई दिएको छ । उनी संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सदस्य छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय