जन्डिसका कारण बालबालिकाको लिभर फेल

जन्डिस रोग होइन, रोगको लक्षण हो । जन्डिस हुनेबित्तिकै खाना बार्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ । जन्डिस भएका वेला बालबालिकालाई खाना रुचिरहेको हुँदैन । त्यसमाथि आमा–बुबाले खल्लो खाना, बेसार नभएको, नुन–जिरा नभएको खाना दिँदा त्यसै पनि खानामा रुचि घटेर जान्छ । जन्डिस भएको अवस्थामा बालबालिकालाई उल्टी तथा वाकवाकी हुने लक्षण देखापर्छन् । धेरैजसो बच्चामा हुने हेपाटाइटिस ‘ए’ र ‘ई’ कीटाणुयुक्त पानीका माध्यमले हुने गर्छ । जन्डिस हुँदा धेरैजसो मानिसले महिनौँसम्म खाना बार्ने गरेका छन्, जुन आवश्यक छैन । जन्डिस भएका बिरामीलाई नर्मल खाना खुवाउने गर्नुपर्छ । कुनै विशेष अवस्थामा मात्र चिकित्सकको सल्लाहअनुसार खानामा थपघट गर्नुपर्ने आवश्यकता हुन्छ ।

भर्खरै जन्मिएको शिशुदेखि १५ वर्षसम्मका बालबालिकामा जन्डिस हुने धेरै कारण छन् । भर्खरै जन्मिएको बच्चालाई २४ घण्टापछि जन्डिस देखियो, बत्तीमा राखियो र कम हुँदै गयो भने त्यसलाई नर्मल जन्डिस भनिन्छ । बच्चा जन्मिएपछि शरीरमा आरबिसी (रातो रक्तकोषिका) अलि छिटो–छिटो मर्ने गर्दछ । अन्य मानिसमा पनि मरेर नयाँ कोष बन्ने प्रक्रिया चलिरन्छ, तर बच्चामा भने कोष छिटो–छिटो मरेपछि नयाँ कोषिका बन्नेक्रममा जन्डिस देखिने गर्छ । यस्तो जन्डिस नर्मल घाममा राखेर पनि जान्छ । बालबालिकाको शरीरमा जन्डिसको मात्रा कति छ भनेर हेर्नका लागि रगत परीक्षण गरेर घाममा राखेर घट्ने हो कि, बत्तीमा राखेर घट्ने हो भनेर छुट्याउनुपर्छ । यो नर्मल जन्डिस हो र यसले लिभरलाई असर गर्दैन ।

बालबालिकामा अर्को प्रकारको जन्डिस पनि देखिन्छ, जसमा तुरुन्तै ६० देखि ९० दिनभित्र अप्रेसन गरिसक्नुपर्ने हुन्छ । यो जन्डिस जन्मजात हुने गर्छ । बालबालिकामा पित्तथैलीबाट सानो आन्द्रामा जाने नलीहरू, जसले पित्तलाई फाल्ने गर्छन्, त्यो नै खुम्चिएर बनेको हुँदैन, जसका कारण यो जन्डिस हुने गर्छ ।

बालबालिकामा अर्को प्रकारको जन्डिस पनि देखिन्छ, जसमा तुरुन्तै ६० देखि ९० दिनभित्र अप्रेसन गरिसक्नुपर्ने हुन्छ । यो जन्डिस जन्मजात हुने गर्छ । बालबालिकामा पित्तथैलीबाट सानो आन्द्रामा जाने नलीहरू, जसले पित्तलाई फाल्ने गर्छन्, त्यो नै खुम्चिएर बनेको हुँदैन, जसका कारण यो जन्डिस हुने गर्छ । यसरी नली नै नबन्ने अवस्थालाई चिकित्सकीय भाषामा बिलेरी अट्रेजिया भनिन्छ । यस्तो अवस्थामा पित्त पित्तथैलीमा नभएर लिभरमा बस्छ र पित्त लिभरमा बस्दा–बस्दा लिभर डामेज भइसकेको हुन्छ । यस्तो अवस्थाका बालबालिकाको ६० देखि ९० दिनभित्र अप्रेसन गर्नु जरुरी हुन्छ । यस्तो जन्डिस भएका बालबालिकामा आमाबुबाले याद गर्ने भनेको दिसाको रङ हो । यसप्रकारको जन्डिस भएको बालबालिकाको दिसाको रङ सेतो हुने गर्छ । आमाबुबा तथा घरपरिवारका अन्य सदस्यले नर्मलखालको जन्डिस हो, घाममा राखेर निको हुन्छ भनेर कुर्ने अनि निको नभएपछि मात्र अस्पताल जाने गर्नाले यस्तो जन्डिस भएका बालबालिका ढिलो मात्र अस्पताल आइपुग्ने गरेका छन् । अस्पताल आइपुग्दा अप्रेसन गर्नुपर्ने समय नाघिसकेको हुन्छ । यस्तो अवस्थामा बच्चामा लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण)बाहेक उपचारको अन्य केही विकल्प रहँदैन ।

अर्को जन्डिस हुने Wilson disease कारण हो  यो जन्डिस भएका बालबालिकामा जन्मजातै शरीरमा कपरको मात्रा बढ्दै जान्छ । धेरैजसो बालबालिका ८–९ वर्षको हुँदादेखि १५ वर्षको उमेरसम्म यो समस्या देखापर्छ । यस्तो कपरतत्त्व शरीरले फाल्न नसकेर लिभरमा जम्मा हुने गर्छ ।

जन्डिसले टाउकोमा असर गरेको अवस्थामा मात्र खाना बार्नुपर्छ । नर्मल जन्डिस भएको अवस्थामा कत्ति पनि खाना बार्नुपर्दैन । जुनसुकै किसिमको जन्डिसमा अनावश्यक रूपमा खाना बार्नाले बिरामीको स्वास्थ्यमा झन् नकारात्मक असर पर्न सक्छ ।

हेपाटाइटिस ‘ए’ भएका बच्चामा सामान्यतया वाकवाकी लाग्ने हुन्छ । यसमा डाक्टरलाई देखाएपछि घरमै आराम गर्दा ठिक हुने गर्छ । हेपाटाइटिस ‘ए’ भएका केही बच्चा भने लिभर फेल भएको अवस्थामा अस्पताल आइपुग्ने गर्छन् । लिभर फेल भइसकेको अवस्थामा आएका बच्चालाई आइसियूमा राखेर हेर्नुपर्ने हुन्छ ।

जन्डिसले टाउकोमा असर गरेको अवस्थामा मात्र खाना बार्नुपर्छ । नर्मल जन्डिस भएको अवस्थामा कत्ति पनि खाना बार्नुपर्दैन । जुनसुकै किसिमको जन्डिसमा अनावश्यक रूपमा खाना बार्नाले बिरामीको स्वास्थ्यमा झन् नकारात्मक असर पर्न सक्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय