चिकित्सकको पदस्थापन ऐन र ज्येष्ठताविपरीत गरिएको एनएमएको ठहर, नसच्याए आन्दोलन

नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका चिकित्सकहरूको पदस्थापन समायोजन ऐन र ज्येष्ठताविपरीत भएकोप्रति आपत्ति प्रकट गरेको छ । संघले ऐनविपरीत विवादास्पद र पूर्वाग्रही ढंगबाट गरिएको पदस्थापनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कुनै व्यक्तिविशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन र पदस्थापन गरिएकोप्रति आपत्ति प्रकट गरेको हो ।

मन्त्रालयको यसप्रकारको विवादास्पद र गैरन्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित भएको ठहर गर्दै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित कार्यविधि र मापदण्ड तयार गरी वैज्ञानिक एवम् पारदर्शी रूपमा पदस्थापन गर्न माग गरेको छ । पूर्वाग्रही ढंगले गरिएको पदस्थापनलाई नसच्याइएको खण्डमा कडा आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय