नेपालीको औसत आयु र स्वस्थ आयुबीच ११ वर्षको खाडल, आयुसँगै अस्वस्थ वर्ष थपिनु चुनौती

पुष्पराज चौलागाईं
प्रकाशित
२०७६ साउन २४ गते १०:४३

नेपाली पुरुषको तुलनामा महिलाहरू बढी बाँच्ने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार नेपाली महिलाको औसत आयु करिब ७३ वर्ष छ भने पुरुषको करिब ६९ वर्ष छ । नेपाल बर्डन अफ डिजिज २०१७ को तथ्यांकले औसतमा नेपाली महिला ७३.३ वर्ष र पुरुष ६८.७ वर्ष बाँच्ने गरेको देखाएको छ । सन् १९९० देखि २०१७ को अन्तरालमा नेपाली महिलाको औसत आयु ५९ वर्षबाट बढेर ७३ वर्ष पुगेको छ भने पुरुषको ५८ बाट ६९ वर्ष पुगेको छ । औसत आयुमा वृद्धि भए पनि त्यसअनुरूप स्वस्थ उमेर भने बढ्न नसकेको देखाएको छ ।

नेपालको सन्दर्भमा सन् २०१७ मा महिलाको औसत स्वस्थ आयु ६२ वर्ष छ, जहाँ पुरुषको स्वस्थ आयु ६० वर्ष रहेको तथ्यांकले देखाएको छ । सन् २०१७ मा कुल १ लाख ८२ हजार ७ सय ५१ नेपालीको मृत्यु भएको थियो ।इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन (आइएचएमई), वासिङटन विश्वविद्यालयले नोभेम्बर २०१८ मा विश्वव्यापी रूपमा रोगव्याधिको भारको अध्ययन २०१७ (ग्लोबल बर्डन अफ डिजिज स्टडी २०१७) प्रकाशन गरेको थियो ।

नेपालीको औसत आयु बढे पनि स्वास्थ्य समस्याका कारण अशक्ततासहित बाँच्नुपरेका वर्षहरू उल्लेख्य छन् । अशक्तताका प्रमुख कारणमा क्रमशः ढाड र कम्मरको दुखाइ, माइग्रेन, श्वास–प्रश्वाससम्बन्धी दीर्घरोग र मांसपेशी तथा हड्डीका विविध रोग छन् ।

उक्त अध्ययनबाट प्राप्त नतिजाको विश्लेषण गरी नेपाल बर्डन अफ डिजिज स्टडी २०१७ को प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा हुने समष्टिगत मृत्यु, अल्पायुमा हुने मृत्यु र तिनका कारणहरू, विभिन्न स्वास्थ्य समस्याका कारण हुने अशक्तता र मृत्यु तथा अशक्तताका जोखिम तत्त्वहरूको अवस्था र प्रवृत्तिको विश्लेषण गरिएको छ ।

नसर्ने रोगको भार दुईतिहाइभन्दा बढी
नेपालमा मृत्युको प्रमुख कारण नसर्ने रोगहरू (ननकम्युनिकेबल डिजिज) रहेका छन् । कुल मृत्युमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यस्तै, चोटपटक तथा दुर्घटनाबाट हुने मृत्युको प्रतिशत ९ छ । बाँकी २५ प्रतिशत मृत्यु सरुवारोग, मातृ तथा नवजात शिशु रोग, पोषणसम्बन्धी रोगबाट हुने गरेको तथ्यांकले देखाएको छ ।

मृत्युको पहिलो कारण मुटुरोग
सन् २०१७ को तथ्यांकअनुसार नेपालमा मृत्युको प्रमुख कारण मुटुरोग बन्ने गरेको छ । कुल मृत्युको १६.४५ प्रतिशत मृत्यु मुटुरोगका कारण हुने गरेको तथ्यांक छ । त्यसपछि ९.८ प्रतिशत मृत्यु श्वास–प्रश्वाससम्बन्धी दीर्घरोगका कारण हुने गरेको छ । त्यस्तै, कुल मृत्युमध्ये झाडापखालाका कारण ५.९ प्रतिशत र श्वास–प्रश्वाससम्बन्धी संक्रमणका कारण ५.१ प्रतिशत मृत्यु हुने गरेको छ । त्यसैगरी, कुलमध्ये ४९ प्रतिशत नसर्ने रोगहरू, १२ प्रतिशत चोटपटक र ३९ प्रतिशत सरुवारोगहरू, मातृ, नवजात शिशु तथा पोषणसम्बन्धी रोगहरूका कारण हुने गरेको तथ्यांक छ । असामयिक मृत्युका प्रमुख कारणमा क्रमशः मुटुरोग ११.३ प्रतिशत, श्वास–प्रश्वाससम्बन्धी संक्रमण ७.९ प्रतिशत, नवजात शिशुमा हुने इन्सिफ्यालोपेथी ५.७ प्रतिशत र श्वास–प्रश्वाससम्बन्धी दीर्घरोग ५.५ प्रतिशत रहेका छन् ।

नेपालीको औसत आयु बढे पनि स्वास्थ्य समस्याका कारण अशक्ततासहित बाँच्नुपरेका वर्षहरू उल्लेख्य छन् । अशक्तताका प्रमुख कारणमा क्रमशः ढाड र कम्मरको दुखाइ, माइग्रेन, श्वास–प्रश्वाससम्बन्धी दीर्घरोग र मांसपेशी तथा हड्डीका विविध रोग छन् । सन् २०१७ मा रोगव्याधिको कुल भारमध्ये ५९ प्रतिशत नसर्ने रोग, ३१ प्रतिशत सरुवा रोग, मातृ नवजात शिशु तथा पोषणसम्बन्धी रोग र बाँकी १० प्रतिशत चोटपटकले ओगटेको छ ।

कुल मृत्युमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यस्तै, चोटपटक तथा दुर्घटनाबाट हुने मृत्युको प्रतिशत ९ छ । बाँकी २५ प्रतिशत मृत्यु सरुवारोग, मातृ तथा नवजात शिशु रोग, पोषणसम्बन्धी रोगबाट हुने गरेको तथ्यांकले देखाएको छ ।

रोगव्याधिको भारका प्रमुख ३ कारणमा क्रमशः मुटुरोग ७.६५%, श्वास–प्रश्वाससम्बन्धी दीर्घरोग ५.४५% र श्वास–प्रश्वाससम्बन्धी संक्रमण ५.२५% रहेका छन् । रोग र मृत्युलाई प्रभाव पार्ने प्रमुख जोखिमका तत्त्वहरूमा क्रमशः समयअगावै हुने जन्म, उच्च रक्तचाप, धूमपान र रगतमा उच्च चिनीको मात्रा रहेका छन् । नेपाल बर्डन अफ डिजिज २०१७ का अनुसार नसर्ने रोगहरू (विशेषगरी मुटुरोग र दम) अशक्तता र मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् ।

मातृ तथा नवजात शिशुमा हुने रोगको अवस्थामा सुधार भए पनि थप उपलब्धि हासिल गर्न अझै बाँकी रहेको अध्ययनले देखाएको छ । सुर्तीजन्य पदार्थको प्रयोग, उच्च रक्तचाप, वायु प्रदूषणजस्ता स्वास्थ्यसम्बन्धी जोखिम बढ्दोक्रममा छन् । सन् १९९० देखि २०१७ सम्मको अवधिमा नेपालमा देखापर्ने रोगको भारको अवस्थामा उल्लेख्य परिवर्तन देखिएको छ । रोगव्याधिको भार र तिनको अवस्थामा देखिएको परिवर्तनका आधारमा स्वास्थ्यनीति तथा कार्यक्रमहरूसमेत परिवर्तन तथा परिवर्तित अवस्थालाई सम्बोधन गर्नेकिसिमका नीतिहरू तर्जुमा गरी स्वास्थ्य क्षेत्रको स्रोत परिचालन गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय