पूर्वसञ्चारराज्यमन्त्री विष्टलाई विमानमै हृदयाघात, आकस्मिक अवतरण गरेर पुर्‍याइयो अस्पताल

हेल्थपोस्ट
प्रकाशित
२०७६ साउन १९ गते १८:५८

पूर्वसूचना तथा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टलाई यात्राका क्रममा हृदयाघात भएको छ । विष्टलाई आइतबार नेपालगन्जबाट काठमाडौं आउनेक्रममा विमानमै अचानक हृदयाघात भएको हो ।

अपराह्न ३:१० बजे बुद्ध एयरको विमानमार्फत नेपालगन्जबाट काठमाडौंका लागि उडेलगत्तै विष्टलाई अकस्मात् हृदयाघात भएको थियो । विष्टलाई हृदयाघात भएपछि उनीसवार विमानलाई ३:४५ बजे भैरहवामा आकस्मिक अवतरण गरिएको थियो ।

अवतरणपछि विष्टलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको छ । विष्टको उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय